बस दुर्घटनाका घाइेतको निःशुल्क उपचार गरिने : सरकार

१८ कात्तिक, २०७२ । नेपाल सरकार मन्त्रीपरिषद्को बुधबार सिंहदरबारमा कात्तिक १७ गते मंगलबार रसुवाको राम्चेमा भएको बस दुर्घटनामा मृत्यु हुनेप्रति समवेदना प्रकट गर्दै घटनामा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

राम्चे गाविस ३ ग्राङमा भएको बस दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइतेको जिल्ला अस्पताल रसुवा, नुवाकोट र राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Comments

comments