ग्राङमा भएकाे बस दुर्घटनामा पैतीसको मृत्यु ,चालीस बढि घाईते

IMG_6508

IMG_6509धुन्चे, रसुवा
राजधानीबाट रसुवाको चिलिमेका लागी छुटेको यात्रु बाहक बस दुर्घटना हुँदा घटनास्थलमा ३५ जनाको मृत्यु भएको छ ।
रसुवा जिल्ला कै हालसम्मको धेरै क्षति भएको दुःखद दुर्घटना भएको नागरिक समाजका अक्ष्यक्ष बाबुलाल तामाङले बताए । बिहान ६ः३० बजे राजधानीबाट गुडेको ना ३ ख ५७०६ नं को बस दिउँसो पासाङल्हामु मार्गको कालिकास्थान, धुन्चे सडक खण्डको राम्चे गाविस –३ ग्राङ गाउँ नजिकै भएको दुर्घटनामा धैबुङ्ग गाविस सचिव टिकमबहादुर शाही ठकुरी र सुआहारा कार्यक्रममा कार्यरत दिपा चिमोरियाको मृत्यु भएको छ । 
घटनास्थलमा तीस जना मृत भेटिएको प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले बताए । ४० जना भन्दा बढिको उद्धार गरी उपचारका लागि पठाईएको छ गेलालले भने । घटनास्थ जिल्ला सदरमुकाम धुन्चेदेखि १० किमी टाढा पर्दछ । भारतको नाकाबन्दी पनि ईन्धन आपूर्ति नहुँदा छतमा पनि यात्रु राख्ने क्रम सुरु भएको थियो । मृतकहरुको पहिचान गरिरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट पहिचान भएको छ दुई जना सहित तीस जनाको लास पोष्टमार्टमका लागी जिल्ला सदरमुकाम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले घटनास्थलमा बताए । मृत्यु हुनेमा १२ महिला, १७ पुरुष र १ बालक रहेका छन् । १ बालकको उपचारको क्रममा लैजाँदा धुन्चेमा मृत्यु भएको हो । उपचारको क्रममा नुवाकाेटमा थप पाँच जना गरी३५ जनाकाे मृत्यु भएकाे हाे ।
IMG_6508उपचारका लागी पठाइएको मध्ये थपपाँच जनाको नुवाकोट अस्पतालमा मृत्यु भएको बताइएको छ । दुर्घटनामा घाईते भएका ४४ जनालाई जिल्ला अस्पताल धुन्चे, नुवाकोट र राजधानीका बिभिन्न अस्पतालमा पठाईएको छ । उपचारको क्रममा थप तीन जनाका त्रिशूली अस्पतालमा मृत्यु भएको बताईएको छ । बसका चालक मनकामना गाविस नुवाकोटका सुदर्शन गुरुङको र सह–चालकको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस करिब २ सय ५० मिटर तल खरेको थियो । बस टुक्रा टुक्रा भएको थियो । दुर्घटना क्षमता भन्दा बढि यात्रु बोकेका कारण भएको अनुमान गरिएको छ । छलमा धेरै मानिसहरु थिए घटनास्थमा भेटिएको भोर्ले गाविस –४ खाल्चेतका हितबहादुर तामाङले भने ‘बस भित्र पनि कोचिएर बसेका थिए । छतभरी टन्नै यात्रु थिए म छतमा थिए , हाम फालेर बचें ’ छलबाट हाम फाटेर धैबुङ्ग गाविस– ५ का नबराज घिमिरे पनि छतबाट हाम फालेर बाँचेका थिए । सामान्य घाईते भएका उनले बसबाट निकै तल झरेकी घाईचे लहरेपौवा गाविस ३ की अप्सरा धिताल आचार्यलाई उद्दार गरी अस्पताल पठाउन मद्दत समेत गरेका थिए । घाईतेहरू मध्ये दश जनाको अवश्था गम्भीर रहेको छ ।
जिल्लामा भएको हालसम्मकै निकै मानविय क्षती भएको उक्त दुर्घटनामा घाईतेको उद्दारका क्रममा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी , रेडक्रसकर्मी, स्थानीयवासी सहभागी थिए ।

घटनाको प्रधानमन्त्री के.पी. शर्मा ओली, नेकपा एमाले केन्द्रीय सदस्य माधब आर्याल र जिल्लाका सांसद जनार्दन ढकाल र छोवाङ तेन्जिङ तामाङ तथा प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले पनि दुख ब्यक्त गर्नु भएको छ । नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, एनेकपा माओवादीका माधब लामिछाने र नेपाली काँग्रेसका उपेन्द्रराज लम्सालले पनि घटना प्रति दुख प्रकट गरेका छन् । यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाउनु भएका यात्रुहरुप्रति श्रध्दाञ्जली व्यक्त गर्नु भएको छ ।

‘काठमाण्डौबाट रसुवाको स्याफ्रुबेशी जादै गरेको एक यात्रुबाहक बस आज रसुवाको राम्चेमा दुर्घटना प्रति अत्यन्तै मर्माहत र स्तब्ध भएको छु । यस दुखद घडीमा म मृतकहरुप्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दछु । साथै मृतकका परिवार र आफन्तजनप्रति गहिरो समबेदना प्रकट गर्दछु प्रधानमन्त्रीको शन्देशमा उल्लेख छ ।

Comments

comments