बस दुर्घटनामा २० भन्दा बढीको मृत्यु

Bus Accident

१७ कात्तिक । काठमाडौँबाट रसुवाको चिलिमेतर्फ आउँदै गरेको बा ३ ख ५७०६ नंम्बरका यात्रुबाहक बस आज अपराह्न १ बजे दुर्घटना हुँदा मृत्यू हुने यात्रुको संख्या २० पुगेको छ । बस दुर्घटनामा तीस जनाभन्दा बढी घाइते भएको बताइएको छ । पासाङल्हामु सडकखण्डको राम्चे गाविस– ३ ग्राङस्थित सडकबाट बस करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसभित्र र छतमा गरी करिब एक सय यात्रु सवार रहेको अनुमान गरिएको छ ।

घटनास्थल सदरमुकाम धुन्चेदेखि १२ किमी दक्षिण टाढा पर्छ । घाइते २० जनाभन्दा बढीलाई उपचारका लागि काठमाडौँ र जिल्ला अस्पताल धुन्चेतर्फ लगिएको छ ।

बसको दुर्घटनाको कारण बसेको अघिल्तिरको टायर पड्केपछि बस अनियन्त्रीत भई भिरमा खसेको थियो । अहिले घटनास्थलमा नेपाली सेना नारायण दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी ,रेडक्रस, स्थानीय उद्धारमा खटिएका छन् ।
घटनाको बिस्तृत बिबरण आउन बाँकी रहेको छ ।

Comments

comments