बाईस विद्यालय पुनर्निर्माण भएन

भीमली आधारभूत विद्यालय रसुवा

 बैशाख १४ गते । विनाशकारी भूकम्पको कारण पूर्ण क्षति पुगेका २२ विद्यालय भवन अझैपनि पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरू अझै छाप्रोमा नै बस्न बाध्य छन् ।

०७२ बैशाख १२ को भूकम्प पछि विद्यालय पुनर्निर्माणका लागि बिभिन्न संघसंस्थाहरूले लगानी गर्न खोजे पनि विद्यालयले पर्याप्त जग्गा व्यवस्थापन गर्न नसक्दा हाल दुःखले सञ्चालन भएको २२ वटा सामूदायिक विद्यालय भवन निर्माण सुरु हुन नसकेको हो । विद्यालय भवन निर्माणका लागि सुरक्षित स्थानमा पर्याप्त जग्गा नभएका कारण २२ वटा सामूदायिक विनाशकारी विद्यालय भूकम्प पछि निर्माण भएका अस्यायी सिकाइ केन्द्रमा छाप्रामै सञ्चालन भैरहेको छ । उत्तरी क्षेत्रमा सञ्चालनमा रहेका केही विद्यालयमा आवश्यक र सुरक्षित स्थानमा जग्गाको खोजी कार्य भइहेको विद्यालयले जनाएका छन् ।

विद्यालय भवन समयमा नबन्दा जिल्लाको कालिका गाउँपालिका ५ स्थित नीलकण्ठ नमुना मावि जिवजिवेको पनि पठन पाठनमा समस्या भएको छ । भवन बन्न नसक्दा समस्या भएको प्रधानाध्यापक नारायण देवकोटाले बताए । शिक्षा समन्वय ईकाई रसुवाका अनुसार भूकम्पका कारण क्षती भएको आधरभूत ७२ र मावि १९ वटा गरी ९१ वटा विद्यालयमा ६५९ कोठा क्षती भएकोमा आधारभूत विद्यालयका ३९६ कोठा र मावि २६३ कोठा निर्माण भएको छ । २२ वटा विद्यालयमा कार्यक्रमनै नपरेकोले समस्या भएको हो । नौकुण्ड गाउँपालिकाको गौतमबुद्ध मावि १२ भवन निर्माण गर्न शान्ति भोलेन्टिएर एशोसिएसन नेपालसँग संझौता भएको छ । केही विद्यालय निर्माण भए पनि कक्षा कोठा अपुग भएकोमा थप निर्माण गर्नुपर्ने देखिएको जिल्ला आयोजना कार्यन्वयन ईकाई (शिक्षा)का प्रमुख सरदकुमार भण्डारीले बताए ।

शिक्षा कार्यालय अन्तर्गतको जिल्ला आयोजना कार्यन्वयन ईकाईमार्फत संझौता भएको १९ वटा विद्यालय मध्ये गत वर्ष ८ वटा विद्यालय भवन बनेको छ । आयोजनाका प्रमुख शरदकुमार भण्डारीले बताए । ९१ वटा विद्यालय रहेकोमा जाइका, एसिया अनलुस, एडिबीलगायत गैरसरकारी निकाबाट २४ वटा गरी ६९ वटा विद्यालय पुनर्निर्माण भएको र स्थानीय तहमार्फत समन्वय गरेर जग्गा खोजी गरेर बाँकी विद्यालय निर्माण हुने प्रमुख भण्डारीले भने ।

Comments

comments