बाटो खुलाउन स्थानीय प्रशासनको पहल

Mulkhark Road (3)

विश्वास नेपाली
रसुवा । रसुवा जिल्लाको रोग जस्तै रुपमा रहेको मुलखर्क पहिरोले जनजीवनमा धेरै दुःख दिएपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी र जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेकोको पहलमा अभियानकैरुपमा बाटो खुलाउन पहल गरिएको छ । दुई दशकदेखि दुःख दिँदै आएको रसुवाको यो मुलखर्कको पहिरोले वर्षेनी ठूलो दुःख दिने गरेको बताइन्छ ।

पासाङल्यामु सडक खण्डमा पर्ने यो पहिरोMulkhark Road (1)को कारण दैनिकजसो सवारी साधन र यात्रु यावातजावतमा समेत समस्या आउन थालेपछि स्थानीय प्रशासनको पहलमा बाटो खुलाइएको हो । मुलर्खक क्षेत्रमा पानी धेरै पर्ने, माथिबाट हिलो माटो र ढुङ्गा बगिरहने कारण उसैत समस्या हुने गरेको थियो भने हाल रसुवागढी–केरुङ नाका सञ्चालनमा आएपछि दैनिक जसो आवात–जावत गर्ने सयौं कन्टेनरको कारण बाटो दैनिकजसो अवरोध भई घण्टौं जाम हुने गरेको थियौं । यस्तो जाम बढ्दै जाँदा एकातिर सडक बाटोको अवस्था झन विग्रदै गएको थियो भने मुलखर्कमा सयौं यात्रुहरुले सास्ती खेप्नु परेको थियो ।

सडक बाटोलाई सहज बनाउनको लागि रोडमा ढुङ्गा विछ्याउने, हिजो माटो पन्छाउने र बाटो सम्याउने काम प्रमुख जिल्ला अधिकारी आफैं खटि अभियानकै रुपमा बाटो मर्मत गरिएको थियो । दैनिक जनताहरुले सास्ती खेप्नु परेको पीडालाई कम गर्न र सवारी साधान आवात जावत सहज बनाउन यस्तो अभियान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

मुलकखर्कको अवरुद्ध बाटो खुलाउनको लागि जिल्ला विकास समितिको पनि विशेष पहल रहेको छ । सबैको सामूहिक पहलबाट यो सम्वभ भएको हो । दैनिकजसो यातायात निर्वाधरुपमा आावतजावतमा समस्या नओस् भन्नको लागि सबै मिली अभियानकै रुपमा बाटो खुलाइएको स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो ।

बाटो सरसफाइ तथा मर्मत गर्न ठूलो सङ्ख्यामा सशस्त्र प्रहरी, माओवादी केन्द्र सम्बद्ध युवाहरु, जिल्लाका विभिन्न कार्यालयका कर्मचारीहरुको सहभागी उल्लेखनीय रहेको थियो ।

Mulkhark Road (2)

बाटो खुलाउनमा विशेष भूमिका सशस्त्र प्रहरीको रहेको बताइएको छ । बाटो खुलाउने अभियानमा ७० जनाभन्दा बढी सङ्ख्यामा सशस्त्र प्रहरी खटाइएको सशस्त्रका डिएसपी दर्नश गिरीले बताउनुभयो । डिएसी गिरीले भन्नुभयो, अभियानकैरुपमा गरिएको यो कार्यपछि अहिले सवारी साधान आवात जावतमा सहजता आएको छ, कुनै समस्या छैन ।

फोटोहरु : प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको फेकबुकबाट

Comments

comments