बाबुरामको नयाँ शक्ति असफल हुन्छ : उपप्रधानमन्त्री रायामाझी

timthumb

१८ कात्तिक, २०७२ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्ति असफल हुने उपप्रधानमन्त्री टोपबहादुर रायमाझिले बताएका छन् । माओवादीमा ४० दिन पहिले पार्टी परित्याग गरेका डा. भट्टराईसँग निकट मानिने स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले भट्टराई र उनी पक्षीय केही नेताले पार्टी छोड्दा पार्टीलाई कुनै फरक नपर्ने दाबी गरेका छन् । केही दिन अघि मुल पार्टी एमाओवादी परित्याग गरी ४५ जना नेताहरु बाबुराम मोर्चामा गएपछि रायमाझिले यस्तो बताएका हुन् । नेता रायमाझिले भने ‘एउटै गाविसमा एक हजार जना भन्दा बढी नेता भएको पार्टीलाई ४५ जनाले पार्टी परित्याग गर्दा कुनै असर पर्दैन ।

रिपोर्टस क्लबले बुधबार काठमाडौमा गरेको साक्षात्कारमा नेता रायमाझीले संविधानको कार्यान्वयनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बेला नयाँ पार्टी गठन नारा फगत भएको बताए । उनले डा. भट्टराईले गठन गर्ने भनिएको नयाँ शक्ति असफल हुने ठोकुवा समेत गरे।

Comments

comments