बालबालिकद्वारा अनलाइन स्क्रिन प्रयोग र आँखाको समस्या

Shovaraj_Pic

शुभराज पोखरेल

 दुई वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिनबाट पूर्णरुपमा टाढा राखौं

डेक्सटप कम्प्युटर र किबोड विस्तारै हराउँदै गएको अवस्थामा ट्याब, नोटप्याड, एन्ड्रोएड फोन र ल्यापटमको प्रयोगमा पनि हामीले दूरी निर्धारण, किबोडको उचित प्रयोग र बसाइको अवस्थालाई ध्यान दिनु अपरिहार्य छ ।

कम्प्युटरको अविष्कारसँगै सूचना, प्रविधि र सञ्चार क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याई समाजलाई व्यापक फाइदा पु¥याएको छ । एन्ड्रोइट फोनको विकासले झनै संसारलाई कुनै सीमा वा क्षेत्रको दूरी घटाई सानो घेरामा सीमितमात्र गरेर मध्यम वर्गीय परिवारलाई समेत प्रविधिमैत्री बनाउन सफल भएको छ । हरेक व्यक्तिलाई नयाँ प्रविधिका माध्यमबाट असीमित फाइदाका पुगेको छ ।

 नयाँ प्रविधिले फाइदाका साथै समस्याहरु पनि सँगै ल्याएका छन् । निरन्तर लामो समयसम्म विद्युतीय स्क्रिनमा हेर्दा र त्यसमा बस्र्दा आँखा दुख्ने, पोल्ने, रातो हुने, सुख्खा हुने, धमिलो (मधुरो) देखिने र एउटा चिजलाई दुईवटा देखिने समस्या बढाएको छ । यसलाई (कम्प्युटर भिजन सिम्ड्रोम) भनिन्छ । यसै गरी ढाडको समस्या हुने, टाउको दुख्ने, काँध दुख्नेजस्ता समस्या आउने गर्दछ ।

विश्वभर कोभिड–१९ को स्वास्थ्य समस्याले विकराल रुपसँगै व्यक्ति बीचको आन्तरिक दूरी बढेको छ । विद्यालय, कलेज पूर्णरुपमा बन्द छन् । सरकारी अफिस, बैंक, उद्योग कारखनाहरु सहज रुपले सञ्चालनमा आएका छैनन् । यस परिवेशमा हरेक व्यक्तिको सामिप्यता, बैठक, अफिसको काम र विद्यार्थीको पठनपाठन अनलाइनमार्फत केही हदसम्म निरन्तर अगाडि बढाइरहेका छन् । कम्प्युटर, एन्ड्रोएड फोन र टेलिभिजको स्क्रिनको माध्यमद्वारा यो सम्भव भएको छ । त्यसैले अहिले हरेक व्यक्तिका लागि कम्प्युटर, एन्ड्रोएड फोन र टेलिभिजको स्क्रिन कार्यस्थत तथा घरमा जीवन अपरिहार्य अंग बनेको छ ।

हिजोका दिनमा बालबालिकालाई कसरी कम्प्युटर, एन्ड्रोएड फोन, टेलिभिज स्क्रिनबाट टाढा राख्ने भनेर सोच्ने हरेक अभिभावकहरु आफैं बालबालिकालाई स्क्रिन अगाडि लगेर त्यसको प्रयोग गराउन लागिपरेका छन् । वास्तवमा यो प्रविधिको सार्थक प्रयोग हो । हिजोका दिनमा बालबालिका र विद्यार्थीका लागि फेसबुक चलाउन, फ्लिम हेर्न, खेल खेल्न र मनोरञ्जनको लागि मात्र कम्प्युटर, एन्ड्रोएड फोन, टेलिभिजको स्क्रिनको व्यापक प्रयोग हुने गरेकोमा आज नियमित कक्षा सञ्चालनका लागि प्रयोग भइरहेको छ ।

कम्प्युटर, एन्ड्रोएड फोन, टेलिभिज स्क्रिन युवा तथा वयस्कका लागि अफिसको नियमित कार्यमा प्रयोग भएको छ । अबका दिनमा अनलाइन कक्षा/सिकाइ तथा भच्र्युअएल कक्षा बालबालिका र हरेक नागरिकको अभिन्न अंग बनिरहनेछ ।

पछिल्ला दिनहरुमा अभिभावकहरु आफैं छोराछोरीलाई घन्टौंसम्म कम्प्युटर, एन्ड्रोएड फोन, टेलिभिजको स्क्रिनमा बसाउन बाध्य भएका छन् । यस अवस्थामा बालबालिकाको आँखामा आउन सक्ने समस्यालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा यहाँ विस्तृत चर्चा गरिएको छ ।

कम्प्युटर, एन्ड्रोएड फोन, टेलिभिजको स्क्रिनको लामो समय बिनासावधानी प्रयोग गर्ने व्यक्तिहरुमा आँखा, कम्मर, ढाड, काँध र घाँटी दुख्नेजस्ता समस्या ५९ प्रतिशतमा देखिएको अनुसन्धाबाट पुष्टि भएको चियर्स अस्पताल मोनोहराका आँखाको पर्दा रोग विषेशज्ञा डा. दिपक खड्का (MD, Japan/America) बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, कामको व्यवस्थापन र आँखाको विशेष ध्यान दिएमा यसबाट उत्पन्न हुने आँखाको समस्यालाई कम गर्न सकिन्छ ।

स्क्रिन (कम्प्युटर) भिजन सिंड्रोम आँखाको एक समस्या हो । जहाँ लामो समयसम्म कम्प्युटर वा अन्य इलेक्टोनिक स्क्रिन उपकरणमा आँखालाई केन्द्रित गर्ने गरिन्छ । निरन्तर लामो समयसम्म नजिकबाट स्क्रिनमा हेर्दा आँखाको पर्ने नकारात्मक समस्या नै स्क्रिन भिजन सिंड्रोम हो । आँखा नजिक हेर्दा आँखाको नानी मोटो हुने गर्दछ भने टाढा हेर्दा पातलो हुने गर्दछ । लामो समयसम्म आँखा नझिमक्याई नजिकैको स्क्रिनमा हेर्दा आँखाको नानी बाक्लो बन्न जान्छ ।

सधैं नजिकै लोमो समय स्क्रिनमा हेर्दा टाउको दुख्ने, टाढा हेर्दा धमिलो देखिने, घाँटी दुख्ने, आँखा थाक्ने तथा सुख्खा आँखा हुने, चिढचिडाह हुने, एउटै चिजलाई दुईवटा देखिने, उठ्दा तथा टाढा हेर्दा गिंगटा लाग्ने जस्तो लक्षण देखिन सक्छ र विस्तरै आँखा पर्दा पातलो हुने क्षेमतामा कमी आई आँखाले टाढा कम देख्न थाल्ने अवस्था सिर्जना हुने डा. खड्का बताउनु हुन्छ ।

युएस नेसनल इन्स्टियुट फर आँक्युपेशनल सेफ्टी एण्ड हेल्थका अनुसार हरेक दिन ३ घण्टा भन्दा बढी स्माट फोन, कम्प्युटरमा तथा टेलिभिजन स्क्रिनमा समय बिताउने ९० प्रतिशत मानिसमा कम्प्युटर भिजन सिन्ड्रोमको समस्या देखाएको छ । इङ्ल्याण्ड कजेल अफ अप्टोमेट्री, कोस्टन, एमए संयुक्त राज्य अमेरिकाका जे ट्रिवेलिया र एस म्यक्लिनका अनुसार आँखाको थकानलाई बेवास्ता गर्नु हुँदैन । हेराईमा अप्ठेरो तथा आँखाको थकानजस्ता कारण कामको परिणाममा असर गर्दछ ।

यस्तो अनुभूति बच्चाहरुले पनि गर्न सक्छन् । बालबालिकामा कम्प्युटर, एन्ड्रोइड फोन तथा टेलिभिजन पर्दामा लामो समय बिताउँदा दृश्य समस्या र हिप्पोक्रेटिया हुनपुग्छ । यसका लागि स्क्रिनअगाडि बस्ने समयलाई घटाउनु पर्दछ ।

लामो सयम आँखा नझिमक्याई नजिकै स्क्रिनमा हेर्ने गर्नाले आँखा सुख्खा हुँदै जाने । टाढा हेर्ने क्षमतामा कमी आउने, टाउँको दुख्ने, रिंगटा लाग्ने समस्या हुनु सामान्य कुरा हो । कम्प्युटरको स्क्रिन नीलो हुने हुँदा पनि आँखालाई छिट्टै असर गर्दछ । कम्प्युटर राख्दा झ्याल तथा बिजुली बत्तीको उज्यालो सीधा स्क्रिनमा पर्दा पनि आँखा नकारात्मक असर गर्दछ । कम्प्युटरमा काम गर्दा बसाई अवस्थाले पनि आँखा, ढाड, कुम र टाउकोमा प्रत्यक्ष नकारात्मक असर पर्ने गर्दछ ।

यस्ता सामान्य लाग्ने र महत्वपूर्ण विषयलाई प्रयोगकर्ता अभिभावकहरुले विषेश ध्यान पुर्याउनु अनिवार्य छ । फेरि पनि हामीले ख्याल गर्नुपर्ने पक्ष भनेको समयसँगै आएको प्रविधिको विकासको उचित र व्यवस्थित प्रयोग हो । अबका दिनहरुमा ट्याब, नोटप्याड, एन्ड्रोएड फोन र ल्यापटमको व्यापक रुपमा प्रयोग हुने निश्चित छ । डेक्सटप कम्प्युटर र किबोड विस्तारै हराउँदै गएको अवस्थामा ट्याब, नोटप्याड, एन्ड्रोएड फोन र ल्यापटमको प्रयोगमा पनि हामीले दूरी निर्धारण, किबोडको उचित प्रयोग र बसाइको अवस्थालाई ध्यान दिनु अपरिहार्य छ ।

डा. खड्का अनुसार आँखमा समस्या आउनु वा तनाव हुनु हाम्रा हरेक गतिविधिहरुमा रोकावट हुन पुग्नु हो । प्रविधिको प्रयोगले यस्ता समस्या देखा पर्नु हाम्रो गैरजिम्मेवारपन नै जिम्मेवार छ । आँखाको व्यवस्थित प्रयोग, यसका मांसपेशीहरुलाई उचित आराम र स्याहार तथा समयसमयमा परीक्षण गरेमा आँखामा आउने समस्यालाई न्यूनीकरण गर्न सकिन्छ भन्नु हुन्छ डा. खड्का ।

बालबालिकामा नोटप्याड, ल्यापटम, प्याड, कम्प्युटर, एन्ड्रोएड फोन र टेलिभिजको स्क्रिनका कारणबाट आँखामा हुने समस्या समाधा गर्न निम्न कार्य गर्नु पर्दछ ।

–  हरेक ६/६ महिनामा आँखाको परीक्षण, आँखाको पावर घटबढ भइरहने हुनाले आवश्यकताअनुसार चस्माको पावर फेर्ने ।

–  आँखा दुख्ने, टाउको दुख्ने, आँसु नआउने, हेराइमा समस्या भए तत्कालै चिकित्सकलाई देखाउनु पर्दछ ।

–  विद्युतीय उपकरणहरुले विकरणको उत्सर्जन गर्दछ । उत्सर्जित विकरण र स्क्रिन प्रयोगकर्ताबीचको सीधा सम्पर्क हुने हुँदा स्वास्थ्य समस्याहरु मूलतः आँखामा समस्या सिर्जन गर्दछ ।

–  प्रकृतिबाट छुट्टै स्क्रिलको नजिकै लामो समय आँखा नझिमक्याई हेर्दा आँखा सुख्खा हुने गर्दछ । आँखा सुख्खा भएमा डाक्टरको सल्लाहमा आँखामा नियमित औषधि राख्ने ।

–  २०/२०/२० को सिद्धान्त प्रयोग गर्न हरेक २० मिनेट नियमित स्क्रिन हेरेपछि २० सेकेन्ट स्क्रिन बाहिर हेर्ने, १० पटक आँखा खोल्ने बन्द गर्ने, पाँच सातपटक झिम्क्याउने र २० मिटर टाढा हेर्ने वा आकासतिर हेर्ने ।

–  स्क्रिनमा लामो समय बसेर काम गर्नेहरुले हरेक एक घण्टामा १० मिनेट ब्रेक लिएर शरीर हात खुट्टा तन्काउने, आँखालाई आराम दिने र खुल्ला ठाउँमा निस्कने, बालबालिकाको हकमा हरेक ३० मिनेटमा ५ मिनेट छुट्टी लिन लगाउने यदि अनलाइन कक्षामा हो भने शिक्षकले स्क्रिनबाट बाहिर जानै पर्ने कुनै काम (टाक्स) नै दिएर उनीहरुलाई स्क्रिलबाट टाढा राख्ने । ७ वर्ष मुनिका बालबालिकालाई एकपटकमा १५ मिनेटभन्दा बढी स्क्रिनमा राख्दै नराख्ने ।

–  ३० मिनेटको ब्रेकमा बालबालिकाले हात खुट्टा तन्काउने, आँखा, घाँटी तथा कुमको व्यायम अनिवार्य गर्न लगाउने/गर्ने ।

–  २ वर्षमुनिका बालबालिकालाई स्क्रिनबाट पूर्णरुपमा टाढा राख्ने ।

–  कम्प्युटर, एन्ड्रोएड फोन, ल्यापटम, नोटप्याड, प्याडका स्क्रिनमा बस्दा तथा काम गर्दा ब्ल्यूकर फिल्डर चस्माको प्रयोग गर्न सकिन्छ । (बालबालिकामा यस्तो चस्मा लगाएपछि २४ सै घण्टा स्क्रिनमा बस्दा पनि आँखामा समस्या हुँदैन भन्ने सन्देश जानु हुँदैन )

–  कोठामा एकदम चम्किलो बत्ती नराख्ने, भ्mयालको उज्यालो स्क्रिनमा टल्कने गरी स्क्रिनलाई कहिल्यै नराख्ने, बाहिरको उज्याले सकेसम्म कम हुनु राम्रो हो ।

–  कम्प्युटर, एन्ड्रोएड फोन, ल्यापटम, नोटप्याड, प्याडका स्क्रिनमा एन्टिब्रास्ट स्क्रिन वा एअर क्रोटिन, एन्टी ग्रिल्यर थपेर स्क्रिनको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

–  सम्भव भएसम्म बालबालिकाका लागि ठूला स्क्रिनहरुमात्र प्रयोग गराउनु उपयुक्त हुन्छ । अक्षर तथा चित्रहरु पनि ठूला देखिने गरी सेटिङ गरिनु राम्रो हो ।

–  कम्प्युटर, एन्ड्रोएड फोन, ल्यापटम, नोटप्याड, प्याड, टेलिभिजको स्क्रिनको उज्यालो धेरै राख्नु राम्रो हो ।

–  कम्प्युटर, ल्यापटम, नोटप्याड, प्याडको स्क्रिन सकेसम्म नीलो राख्दै नराख्ने यसलाई बढाएर सुन्तला वा रातो रंगमा सेटिङ्ग गरी प्रयोग गर्दा आँखामा आउने समस्यामा केही हदसम्म न्यूनीकरण हुन्छ ।

–  ठूला मानिसले प्रयोग गरेको ठाउँमा बालबालिकाले प्रयोग गर्दा उनीहरुको खुट्टाले भुई छुँदैन भने किबोडमा हात पुग्दैन, स्क्रिन माथि फर्केर हेर्नुपर्ने हुन्छ । त्यसैले स्क्रिन तल वा माथि नराखी आँखाको लेवलमा हुनु पर्दछ । बसाइ सहज भएमा मात्र आँखा ढाड, घाँटी र काँधलाई सजिलो हुन्छ । त्यसैले बालबालिकाका लागि उपयुक्त टेवल कुर्सीको व्यवस्था गरेर प्रविधिको प्रयोग गराऔं ।

–  ओछ्यानमा सुतेर, ढल्केर कम्प्युटर, नोटबुक, प्याड, ल्यापटप र एन्ड्रोएड फोन नहेरौं । बालबालिकालाई हेर्न नदिऔं ।

–  पछिल्लो अवधिमा आएका कम्प्युटर स्क्रिन, नोटबुक, प्याड, ल्यापटप र एन्ड्रोएड फोनमा आँखा सुरक्षाका एन्टिब्रास्ट स्क्रिन वा एअर क्रोटिन, एन्टी ग्रिल्यर राखिएको भनिन्छ । त्यसैले जति सयम पनि स्क्रिनमा हेर्न सकिन्छ भनेर व्याख्या भएको छ यो पूर्णसत्य होइन । त्यसैले आँखालाई चाहिने आराम, व्यायम र आँखाको पर्दा खुम्चने र फुल्ने कार्यमा यसले सहयोग नपु¥याउने भएकाले २०÷२०÷२० को सिद्धान्त र बसाइको पोस्चरलाई नियमित पालना गराऔं/गरौं ।

– कम्प्युटर स्क्रिन, नोटबुक, प्याड, ल्यापटप र एन्ड्रोएड फोनमा काम गर्दा वा हेर्दा आँखाको पर्दा लामो समय खुम्चिरहने र कम झिम्कने हुँदा आँखामा सुख्खापन छिटो आउने टाढा हेराइमा समस्या वृद्धि हुने भएकाले आँखालाई स्क्रिनबाट समयसमयमा हटाउँदै झिम्क्याउने अभ्यास गर्न निरन्तर गर्नु पर्दछ । यसका लागि फोन तथा कम्प्युटरमा आँखा झिम्क्याउनका लागि रिमाइन्डर राखेर सो समयमा आँखा झिम्क्याउने गर्नु उपयुक्त हुन्छ । २२ सेकेन्डमा कम्तीमा एकपटक झिम्क्याउनु प्राकृतिक नियम नै हो ।

–  बालबालिकाका लागि कम्प्युटर स्क्रिन, नोटबुक, प्याड, ल्यापटप र एन्ड्रोएड फोनको प्रयोग शैक्षिक र सिकाइका लागि मात्र प्रयोग गर्न दिऔं ।

–  खाना खाँदा, कुराकानी गर्दा, आराम गर्दा बालबालिकालाई कम्प्युटर स्क्रिन, नोटबुक, प्याड, ल्यापटप र एन्ड्रोएड फोनमा तथा स्क्रिनको प्रयोगमा पूर्णरुपमा बन्देज लगाऔं ।

–  बालबालिका सुत्ने कोठामा कम्प्युटर स्क्रिन, नोटबुक, प्याड, ल्यापटप र एन्ड्रोएड फोनमा स्क्रिन नराखौं ।

–  कम्प्युटर स्क्रिन, नोटबुक, प्याड, ल्यापटप र एन्ड्रोएड फोनमा बालबालिकाले सही प्रयोग गरेको छ छैन अभिभावक सचेत÷विश्वस्त हुनुपर्दछ ।

–  बालबालिका पर्याप्त समय सुतेको छ छैन अभिभावक जानकार हौं ।
–  कम्प्युटर स्क्रिन, नोटबुक, प्याड, ल्यापटप र एन्ड्रोएड फोनमा लामो समय बसेपछि आँखालाई पर्याप्त आराम दिऔं ।

–  रातको समयमा कम्प्युटर स्क्रिन, नोटबुक, प्याड, ल्यापटप र एन्ड्रोएड फोनमा नीलो प्रकाशको मात्रा बढी हुन्छ । बाहिरी वातावराण दिनमा जस्तै खुल्ला देखिँदैन त्यसैले हाम्रो आँखा स्क्रिनमा बढी केन्द्रित हुने हुँदा आँखामा थप सुख्खापन वृद्धि, आँखाको पर्दा बढी खुम्चने हुँदा आँखा र शरीर दुवैका लागि दिनमा भन्दा रातमा छिटो आराम दिनु पर्दछ ।

–  फोहोर र धमिलो स्क्रिनमा हेर्दा आँखाको पर्दा अझ सानो हुनुको साथै दबाब बढी पर्दछ त्यसैले स्क्रिनलाई नियमित रुपमा सफा राख्नु पर्दछ । खुला नेपालबाट

Comments

comments