रसुवा, जिल्लाको नौकुन्ड गाउँपालिकाको वडा नम्बर ३ पारच्याङमा फागुन २५ गते बालबिवाह तथा बहुविवाह बिरूद्ध सडक नाटक सम्पन्न भयाे ।
नाैकुण्ड गाउँपालिका वडा नम्बर ३ को कार्यालयको आयोजनामा रसुवाली पारच्याङ युवा क्लबको समन्वयमा मिलिजुली बालविवाह र बहुविवाह नियन्त्रण गरौ सुनौलो भविष्य निर्माणको महाअभियानमा सवै लागि परौ भन्ने नारा सहित पोष्टर,पम्पलेट,सहित वजार परिक्रमा गरी सचेतना मुलक सडक नाटक प्रस्तुत गरिएको थियो ।
उक्त सडक नाटकमा समाजमा रहेको बालबिवाहका साथै बहुबिबाह सम्वन्धि शैक्षिक, सामाजिक विषयमा चित्रण गरिएको थियो । साथै कानुनी प्रवधानका विषयमा पनि जानकारी गराईएको थियो । नौकुन्ड गाउँपालिका भित्र यस्तै बालविवाह र बहुविवाह रोक्न धेरै जनचेतनामुलक कार्यक्रमहरू भएकाे हाे । बालविवाह र बहुविवाह बिरूद्ध सचेतना फैलाउने र सिङ्गो नाैकुण्ड गाउँपालिका र आफु लागि परिरहेको उपाध्यक्ष सिर्जना लामाले बताउनुभयो ।