बाल प्रेमविवाहको समस्याबढ्दो

lantang-logo (1)

बालअधिकारकर्मी तथा बालबालिकाको क्षेत्रमा कामगर्ने संघ संस्थाका प्रतिनीधिहरुले पछिल्लो समय देशैभरि बाल प्रेम विवाहको समस्या बढ्दै गएको बताएका छन् ।

बालविवाहको समस्या धेरै रहेको काभ्रेको पाँचखाल नगरपालिकाका उपमेयर लक्ष्मी दनुवारले सामाजिक सञ्जाल तथा मोवाईलका कारण यो समस्या झनबढेको बताउनु भयो । सय दिने बालविवाह बिरुद्धको सय दिने सञ्चार अभियानका अवसरमा राजधानी मागरिएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडाले एफएम रेडियोहरुले बालविवाह भनेको गैर कानुनी कार्य हो भन्ने जानकारी बाढिरहेको बताउनु भयो ।

देशभरिका सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले सय दिनमा गाउँगाउँटोल टोलमापुगेर ११ हजार नागरिकको बालविवाह रोक्ने प्रतिवद्धता रेकर्ड गरेर रेडियोबाट प्रसारण गरेर एसियामै नयाँ रेकर्ड कायमगर्न सफलभएको बताउनुभयो । राष्ट्रपतिदेखी, प्रमुख राजनीतिक दलका नेताहरु, मन्त्रीहरु, ७वटै प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीहरु, सांसदहरु, कर्मचारी, अधिकारकर्मी, नागरिक अगुवा, विद्यार्थी, किसान, व्यवसायीआदि सबै वर्ग र समुदायलाई भेटेर बालविवाह बिरुद्ध उहाँहरुको प्रतिवद्धता लिदा धेरै परिवर्तनकाआधारहरु देखिएको आचार्यले बताउनु भयो ।

सिन्धुपाल्चोकमा हुनलागेका दुई वटा बालविवाह रोक्न सफल सफलता भण्डारीले पछिल्लो समय प्रेममा परेर धेरैले बालविवाह गरिरहेको बताउनु भयो । जिल्लाबाल सञ्जाल काभ्रेकाअध्यक्ष रञ्जन पौडेलले बालविवाह रोकिएको समाचारहरु आउने तर गाँउमा पुग्दा उनिहरु विवाहबन्धनमै बाँधिएको पाइने गरेकाले भैसकेको विवाहलाई रोक्नु भन्दापनित्यो अवस्थामा पुग्नै नदिने गरि बिषेश अभियानगर्नु पर्ने बताउनु भयो । बालअधिकारकर्मी एवं वल्डभिजन इन्टरनेशनल नेपालका वकालत तथा पैरवी निर्देशक पुस्कर खातीले अभिभाबकले आफ्ना छोराछोरीलाई राम्रो दिशा निर्देश र परामर्श गर्न नसके बिचैमा पढाई छोडेर प्रेम विवाह गर्ने सम्भावना हुने भएकाले अभिभावक सबै भन्दाबढि सजक र सचेत हुनु पर्ने बताउनु भयो ।

CIN NEWS

Comments

comments