विकासमा राजनीति नगर्न रसुवाका संबिधान सभा सदस्य ढकाल

janardan_dhakal

विकासमा राजनीति नगर्न रसुवाका संबिधान सभा सदस्य जनार्दन ढकालले अनुरोध गरेका छ्न् । पछिल्लो समय नेपाली काङ्ग्रेसबाट निर्वाचित प्रतिनधी सभा सदस्य मोहन आचार्यले सरकारी तवरले हुँदै गरेका विकास निर्माणलाई आफूले ब्यक्तिगत ढंगले गरेको दाबी गरे पछि सामाजिक संजालमा रसुवाका जनताले प्रश्न उठाएको थिए ।

संबिधान सभा सदस्य  ढकालले पनि मुख फोरेका छ्न । व्यक्तिवादी प्रचारात्मक विकास विरुद्ध सामाजिक संजाल फेसबुकमा स्टाटस नै लेखेर असहमति जनाएका हुन । उनको स्टाटस यस्तो छ : “झुट र सत्य बीचको लडाइँमा झुट्ले नै जित्छ तर अन्तिम जित भने सत्य कै हुन्छ ” #रसुवा #राम्चे सडक

एउटा कुसल रास्ट्रसेबक अहोरात्र झरी ,बादल ,बर्षामा खट्छ ,सुरक्षा निकायका जवानहरु ज्यानको प्रबाह नगरी काम गर्छन मै हु भन्ने सम्भ्रान्त खाइलाग्दाहरु मैले गरे भनेर प्रचार बाजी गरी आम मानिसलाई भ्रममा  पार्छन । खै के भनु मनले नै मानेन अनि लेखे चित्त दुखे माफ पाउ !

आफूलाई लागेको कुरा खरो रूपमा राख्ने ढकाल जनपक्षीय काम गर्न रुचाउँछन् । उनले रसुवाको विकासका लागि पहल पनि गर्दै आएका छन । अहिलेको   प्रतिनधी सभा सदस्यकाे तुलनामा उनको पालामा तेब्बर विकास भएको उनकाे दावी छ । जिल्लाका बौद्धिक तहका जनता पनि जनार्दन काम गर्न खोज्ने ब्यक्ति हो भनेर विश्लेषण गर्छन् । उनको पालामा भएको विकास योजनाले रसुवाको विकासकाे लागि ठूलाे टेवा पुगेको छ । उनकै कार्यकालमा बजेट विनियाेजन भएकाे याेजनाहरू अहिले चालु अवस्थामा रहेका छन् ।

Comments

comments