रसुवा, उत्तरगया गाउँपालिका- ३ ठूलोगाउँमा रहेका बिपन्न बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ । समाजसेवी सुनितामाया गुरुङको अनुरोधमा ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसनले गाउँपालिकासँगको सहकार्यमा न्यानो कपडा बितरण गरेको जानकारी दिएको छ ।
चिसोको समयमा समेत पातलो कपडामा बिद्यालय आउने गरेका बालबालिका न्यानो कपडा पाएसँगै खुशी भएका छन् । बिनासकारी भुकम्पमा आमा गुमाएका बालक संगम गुरुङले भने, स्कुल ड्रेसको कपडा पातलो थियो, अहिले त हामीलाई बाक्लो न्यानो कपडा दिनुभएको छ, तातो भयो, खुशी लागेको छ, ।
पहिलो चरणमा बिपन्न बालबालिकालाई मध्यनजर गर्दै न्यानो कपडा बितरण गरिएको भएपनि विद्यालयमा रहेका बाकी सबै बालबालिकालाई समेत बितरणका लागि सहयोगी निकायसँग माग गरिएको गुरुङले बताइन् । भूमेदेवी माविमा अध्ययनरत सबै बालबालिका निम्न बर्गका रहेको र सबैलाई न्यानो कपडाको आवश्यकता रहेको विद्यालयका प्रधानाध्यापक शिबबहादुर तामाङले बताए । ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसनका उपाध्यक्ष सन्दिप बस्नेतले बाकी रहेका सबै बालबालिकालाई आफ्नो संस्थामार्फत न्यानो कपडा उपलब्ध गराउने बताए ।
Related Posts
- पूर्वाधार विकासमा तीन तहको भूमिका हुनुपर्छ :मन्त्री फुँयाल
- उत्तरगयामा संयुक्त अनुगमन सम्पन्न
- संरक्षण अभावमा दुई सय पचास वर्ष पूरानो मल्लकालीन दरबार भग्नावशेषमा परिणत
- स्वास्थ्य शिविर संचालन राहत वितरण
- कालिका गाउँपालिकामा दाेस्राे चरणकाे राहत बितरण सुरू
- रसुवामा १६ औं निजामति सेवा दिवस २८ कर्मचारी सम्मानित