बिर्ताप्रथा जस्ता भूमि समस्या सरकारले निराकरण गर्ने छ : मन्त्री अर्याल

Interaction Programme in Kalikasthan Rasuwa_17052019 (446)

कालिकास्थान , रसुवा ।  भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धि समस्या समाधानगर्नको लागि एकीकृत कानुन तर्जुमा गरी प्रक्रिया अघि बढाउने बताउनुभयो । कालिका हिमालय कम्याम्पसमा जिल्ला समन्वय समिति र कालिका गाउँपालिका र जिल्ला भूमिअधिकार मञ्च रसुवाको संयुक्त आयोजनामा रसुवा जिल्लामा रहेको भूमि सम्बन्धि समस्या समाधान बारे बृहत अन्तत्र्रिmया उद्घाटन गर्दै मन्त्री अर्यालले मन्त्री भएर आफुले भूमिसँग सम्बन्धित समस्याको पहिचान गरेको र अब समाधानका लागि सहज हुने बताउनुभयो । यो सरकार हिजोको जस्तो हुकुम र आदेशको भरमा चनल्ने बताउँदै जनचाहना अनुरुप सत्ता परिवर्तन भएकोले अब जनताको सहभागितामा कानून निर्माण गरी समस्या समाधान हुने उहाँले बताउनुभयो ।Interaction Programme in Kalikasthan Rasuwa_17052019 (75)

जिल्ला प्रमुख सरोकारवाला, राजनीतिकदलका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधिहरू र भूमिको समस्याबाट प्रभावित जनतिनिधिहरूबीच अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “अहिले भूमि सम्बन्धि ऐनको आठौं संशोधनको प्रक्रियामा रहेको हुँदायहाँको समस्या समाधानहुने गरी प्रक्रिया अघि बढाउनको लागि पनि पहल लिनेछु ।” रसुवामा रहेको बिर्ता समस्या लालपुर्जा बनाई लगेको हुँदाप्रक्रिया जटिल भएपनि किसानको पक्षमा न्याय हुने गरी कानुनी रुपमा समस्याको समाधान गरिने बताउनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो, भूमि समस्या जटिल छ, पुरानो संरचना अनुसार काम गर्नुपर्ने बाध्यता अझै रहेको मालपोत र नापी कार्यालयमा नयाँ र प्रविधि युक्तकार्य विस्तार गर्दै भूमिको एकिन तथ्याङ्क लिने, नापी गर्ने र जतिपनि भूमि सम्बन्धि समस्याहरू छन्, तिनको निराकरणको लागि एउटै खाले कानुन बनाएर अघि बढ्न मन्त्रालयले प्रक्रिया अघि बढ्ने योजना छ ।

कार्यक्रममा नेकपा संसदीयदलको सचेतक शान्ता चौधरीले भन्नुभयो, आफू भूमिअधिकार अभियानकै पृष्ठभूमिबाट अघि बढेकी हुँ, मैले हरेक दिन सार्वजनिक कार्यक्रम बोल्ने ठाउँहरूमा भूमि सुधारको विषयजोड्तोड्ले उठाइरहेको छु, यो समस्या समाधान नभएसम्म म निरन्तर माग राखि रहनेछु । उहाँले भन्नुभयो, देशमा भूमि सुधार भएमात्र भूमिसँगजोडिएका सबै खाले समस्या समाधान हुन्छ । समृद्ध नेपाल निर्माणमा मद्दत पुग्छ, त्यसैले यस विषयमा निरन्तर आवाज उठाउन र अभियानमा लाग्न आवश्यक छ ।Interaction Programme in Kalikasthan Rasuwa_17052019 (85)

कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागीहुँदै संविधान सभाका सदस्यजनार्दन ढकालले भूमिअधिकार मञ्चले उठाएको मागहरू नागरिकको आधारभूत अधिकारसँग सम्बन्धित भएको हुँदा यस विषयमा राज्यको निकायले अति नै संवेदनशील रुपमा लिनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, मैले चुनाव जितेपछि भूमिअधिकार मञ्चसँग सहकार्य गरेर भूमि समस्यामा रहेका परिवारलाई लालपुर्जा दिलाउने काममा पनि सहजीकरण गरेको थिएँ । अहिले पनि धेरै पटक डेलिगेसनको रुपमादर्जनौं पटक मन्त्रालयमा धाएको पनि स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, रसुवामा रहेको बिर्ता समस्याअझ जटिल प्रकृतिको भएको र लामो समयदेखि थाति रहेको हुँदा .मन्त्रीज्यूले यहीकार्यकालमा समस्या समाधानको लागि पहल गरिदिनुपर्छ ।Interaction Programme in Kalikasthan Rasuwa_17052019 (92)

कार्यक्रममा रसुवा जिल्लामा विद्यमान रहेको बिर्ता समस्या, गुठी समस्या, भूमिहीन सुकुमबासी समस्या, सडकको कारण पीडित बनेका परिवार र भूकम्पको कारण समस्यामा परेका परिवारको सवालको विषय समेटेर तयार गरिएको मागपत्र जिल्ला भूमिअधिकार मञ्च, जिल्ला समन्वय समिति र कालिका गाउँपालिकाको संयुक्त हस्ताक्षरमा संयुक्त रुपमा मन्त्रीलाई पेश गरियो । मागपत्रमा भूमि सम्बन्धि समस्याको स्थायी समाधान खोजी यस्ता समस्या भोगिरहेका नागरिकलाई सहयोग गर्न माग राखिएको छ ।Interaction Programme in Kalikasthan Rasuwa_17052019 (244)

नेपालमा साठी वर्षपहिले उन्मुलनभएको बिर्ता प्रथा रसुवामा अझै जीवितै छ । ३० पुस्ता भन्दा पहिलेदेखि जोतभोग गर्दै आएकोजग्गा गुठीको नाममा छ, किसानहरू समस्यामा छन् । २०३९ सालबाट सुरु भएको पासाङल्यामु सडकबाट पीडित भएका परिवारले राहतपाउन सकेका छैनन्, जग्गाको नक्साङ्कन समेत नहुँदा सडक आसपासका जग्गा रोक्का छ, भूमिहीन र सुकुमबासी परिवारको समस्यानाजुक छ । भूकम्पगएको ४ वर्ष भइसक्यो, अझै पनि केही परिवार छुटमा परिरहेका छन् भने केही परिवारले आफ्नो स्वामित्व माजग्गानभएको कारण अनुदान पाउननसकेको समस्याहरू ज्यूँकात्यूँ छन् । यी र यस्तै समस्याको तत्काल समाधानखोजी स्थायी समाधानदिनको लागि कार्यक्रमका सहभागी सबै सरोकारवाला तथा समस्याबाट प्रभाविभभएका परिवारले माग राखेका छन् ।IMG_3077

कार्यक्रममा सहभागीहुँदै राष्ट्रिय भूमिअधिकार मञ्च, नेपालका पूर्व अध्यक्ष सोमप्रसाद भण्डारीले अहिलेको सरकारले पनिभूमि सुधारको मुद्दा कार्यान्वयनगर्न नसके किसानहरूको समस्या समाधाननहुने बताउनुभयो । उहाँले भन्नुभयो, यो सरकारबाट पनि हामीले आशा गरेजति उपलब्धी भएको छैन, यतिका समय भइसक्दा पनिभूमि सुधारको प्रक्रिया पनि थालनी नहुनु दुःखलाग्दो विषयहो, त्यसैले भूमि सुधार मन्त्रीज्यूले यो विषयलाई गम्भीर लिइदिनु हुन अनुरोध गर्दछु ।IMG_2628

कार्यक्रममा सहभागी बोल्नु हुँदै जिल्ला समन्वय समितिका सदस्यएवम् जिल्ला भूमिअधिकार मञ्चकी पूर्व अध्यक्ष चित्रकुमारी न्यौपानेले बिर्ता समस्याले धेरै दुःखदिइरहेको हुँदायसको दीर्घकालिन समाधान खोजिदिई किसानलाई न्यायदिलाइदिनु हुन मन्त्री समक्ष अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, हामीले आफ्नो जग्गाको अधिकार लिनको लागि कति समय सङ्घर्ष गर्नुपर्ने हो ?

कार्यक्रममा कालिका गाउँपालिकाअध्यक्ष सीताकुमारी पौडेल, उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले आफूहरूले बिर्ता जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाउने गाउँपालिका कार्यालयबाटै निर्णय गरिसकेको हुँदा यस्तो कार्यको लागि भूमि व्यवस्था मन्त्रालयपनि सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँहरूले गाउँपालिकामार्फत गरिएको घोषणा र निर्णयको व्यहोरा पनि सुनाउँदै भूमि सम्बन्धि बाँकी समस्या समाधानको लागि मन्त्रालयले गाउँपालिकालाई जिम्मेवारी दिने हो भने केही महिनाभित्रै सबै समस्या समाधानगर्न तत्पर रहेको बताउनुभयो ।IMG_2539

कार्यक्रममा सहभागीहुँदै जिल्ला भूमिअधिकार मञ्च, नुवाकोटका पूर्व अध्यक्ष एवम् तारकेश्वर नगरपालिका वडा नं. ५ का अध्यक्ष चुडामणिप्रसाद गजुरेलले भन्नुभयो, बिर्ता र गुठी समस्याले नुवाकोटबासी पनि धेरै प्रभावितभएको हुँदा मन्त्रालयमार्फत यस्तो भूमि समस्या समाधानको लागि पहल लिइयोस् ।

कार्यक्रममा जिल्ला भूमिअधिकार मञ्च, रसुवाका अध्यक्ष हेमनाथ खतिवडाले साठी वर्षपहिले उन्मुलन घोषणा भएपनि व्यवहारमा अन्त्य हुन नसकेको बिर्ताप्रथा अन्त्य गर्न अन्त्य गरी भूमिमाथिको द्वैध स्वामित्व अन्त्य हुनपर्नेमा जोड्दिंदै उहाँले भन्नुभयो भूमिसुधार गर्ने बाच गरी त्यसैको जगमा गरिवको मत लिएर बनेको कम्युष्टि सरकारसँग पनि जनताले कतिवर्ष आन्दोलन गरिरहनुपर्ने हो ? तयार गरिएको मात्र पत्रबाचन गरी सहभागीलाई सुनाउनुभई, भूमिअधिकार मञ्चले जिल्ला मागरिरहेको अभियानको विषयमा पनिआदान–प्रदान गर्नुभयो ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले सबै सहभागीलाई धेरै धन्यवाद् दिँदै भन्नुभयो, अहिले नेकपाको दुई तिहाइको सरकार छ, यस्तो शक्तिशाली समयमा पनि जनताले समस्या भोगिरहनुपर्नु सुहाउँदो विषय होइन, यसैले मन्त्रीले रसुवाको समस्या समाधानको विकल्प दिनुहोस्, स्थानीय सरकारको हिसावमा हामी हरेक जिम्मेवारी पुरा गर्न तयार छौं ।Interaction Programme in Kalikasthan Rasuwa_17052019 (225)

कार्यक्रममा भूमिअधिकार मञ्चका सदस्य तथा बिभिन्न सवालका किसानहरुले कृषिऔजार, हलाे जुवा, कुटो कोदोलो, प्ले कार्डसहित सहभागी भएका थिए । कार्यक्रममा सहभागी रामकुमार न्याैपाने, विष्णुप्रसाद देवकाेटा, पुतली तामाङ, नुवाकाेट जिल्ला भूमिअधिकार मञ्च अध्यक्ष बिन्दा नेपाल  लगायतकिसानहरुले आफूहरुले वर्षाैदेखि भोग्दै आएको समस्या, यसको असर र दैनिक जीवनमा परिरहेका असरको विषयमा मन्त्री समक्ष प्रत्यक्षअन्तक्र्रिया समेत गरेका थिए ।

Comments

comments