बिर्ता र सुकुमबासी समस्या समाधान गर्न स्थानीय सरकार समक्ष मागपत्र पेस

IMG_20180926_115140

रसुवा । असोज १० गते । कालिका गाउँपालिका क्षेत्रका किसानहरुले भूमि सम्बन्धि समस्या समाधान गर्नको लागि आज कृषि औजारसहित जुलुस सहित ¥याली गरी गाउँपालिकामा ज्ञापन पत्र पेश गरेका छन् ।

गाउँपालिका क्षेत्रभित्र रहेको मुख्य गरी बिर्ता र सुकुमबासी समस्या समाधानको लागि जिल्ला भूमि अधिकार मञ्च र कालिका गाउँपालिका स्तरीय भूमि अधिकार मञ्चको संयुक्त पहलमा करिव २५० जनाको सहभागितामा ¥यालीसहित गाउँपालिका ज्ञापन पत्र पेश गरेका हुन् ।
जिल्ला भूमि अधिकार मञ्चको कार्यालय भूमिघरदेखि कालिकास्थान बजारक्षेत्र परिक्रमा गरी विभिन्न माग राखिएको नारा सहित कृषि औजारी प्रदर्शन गरी ¥याली गरी गाउँपालिका कार्यालयमा गाउँपालिकाका अध्यक्ष सीताकुमारी पौडेल अधिकारी, उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ र वडाअध्यक्षहरूको सहभागिताका कोण सभा गरी ज्ञापन पत्र बाचन गरी यथासक्य भूमिसम्बन्धि समस्या समाधान गर्न माग राखिएको छ ।
मागपत्रमा नेपालमा कानुनी हिसावले बिर्ता प्रथा उन्मूलन गरिएको ६० वर्ष लागेपनि समस्या समाधान नभएको उल्लेख छ । बिर्ता जग्गा सम्बन्धि समस्या झेलिरहनु परेको छ । साविकको धैबुङ, भोर्ले र लहरेपौवा गाविसका ७ सय १८ परिवारले जोतभोग गरेका करिव १,४६९ रोपनी जमिन बिर्ता अन्तर्गत छ । अधिकांश बिर्ता पीडित किसानहरू कालिका गाउँपालिका रहेको उल्लेख छ ।IMG_2110

¥याली तथा ज्ञापन पेश कार्यक्रममा कालिका गाउँपालिका क्षेत्रमा रहेका गाउँ भूमि अधिकार मञ्चका अगुवा तथा सदस्यहरूको व्यापक सहभागिता रहेको थियो । उत्तरगया र नौकुण्ड गाउँपालिका क्षेत्रमा रहेका गाउँ भूमि अधिकार मञ्चका अगुवाहरू अभियानमा ऐक्यवद्दता सहित सहभागी भएका थिए ।
गाउँपालिकाका अध्यक्ष सीताकुमारी पौडेल अधिकारी र उपाध्यक्ष भवानीप्रसाद न्यौपानेलाई जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष टंकलबहादुर नगरकोटी र कालिका गाउँपालिकास्तरीय भूमि अधिकार मञ्चका अध्यक्ष खिलप्रसाद आचार्यले पेश गर्नुभयो ।

भूमि अधिकार मञ्चले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले चुनावमा भूमिसम्बन्धि सबै समस्या समधान गर्ने बाचा गरेको, उनीहरूको चुनावी घोषणापत्रमा पनि यस्तो समस्या समाधान गर्ने उल्लेख गरेको भएपनि हालसम्म भूमिसम्बन्धि कुनै पनि समस्या समाधानको प्रक्रिया थालनी नगरेपछि उनीहरूको ध्यानकर्षण गराउँदै यथासक्य समस्या समाधान माग राखिएको छ । यस्तै पछिल्लो समयमा बिर्ता जग्गा आफ्नो बनाउन र केही केही व्यक्तिहरूले खरिद गरी नयाँ जग्गाधनीहरू बन्ने जस्ता क्रियाकलाप हुन थालेकाले यस्तो समस्या समाधान गर्नको लागि पालिका तहबाट समस्या समाधान खोज्न पनि माग राखिएको छ ।IMG_2115IMG_2110

ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल अधिकारी र उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले आफूहरूले चुनावमा गरेको बाचाअनुसार भूमि सम्बन्धि सम्पूर्ण समस्या समाधान गरिने बताउनुभएको छ । उहाँहरूले गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गरी उपयुक्त कानुन बनाई आफ्नो पालिका क्षेत्रभित्र रहेको भूमिसम्बन्धि मुख्य समस्याहरू बिर्ता र सुकुमबासी सवाल टुङ्गो लगाउने प्रतिवद्दता व्यक्त गर्नुभएको  छ ।

माग पत्रमा उल्लेख छ किसानहरूसँग कानुन बमोजिम आधिकारीकरूपमा बिर्ता जग्गा खुल्ने निस्सा तथा बिर्तावाललाई कुत बुझाएको भर्पाईलगायत कागजात प्रमाणका रूपमा छन् । वर्षौंदेखि बसोबास तथा उपभोग गरी कमाइरहे पनि वास्तविक जोताहा किसानको स्वामित्व स्थापित हुन सकेको छैन । बिर्ता समस्या समाधानका लागि किसानले नियमित सङ्घर्ष गर्दै आइरहेका छन् । आन्दोलनपछि नै नेपाल सरकार (मन्त्रिपरिषद्) ले २०६६ पुस २९ गते बिर्ता जग्गा कमाउने व्यक्तिले आफनो नाउँमा दर्ता गराउन सक्ने बेहोराको निर्णय ग¥यो । २०६७ सालमा रसुवाका १५२ परिवार बिर्ता पीडित किसानको नाममा पुर्जा बन्यो र यसबाट ५०० परिवार लाभान्वित भएका छन् । किसानले पुस्तौँदेखि जोतभोग गर्दै आएको केही जग्गा ऐनले नै समाप्त गरिसकेका बिर्र्तावालहरूले गैरकानुनीरूपमा आफ्नो नाममा दर्ता गराएकाले बिर्ता जग्गाको समस्या फेरी बाँकी नै रहन पुग्यो । अव बाँकी रहेको बिर्ता समस्या पनि यथासक्य समाधान गरिनु आवश्यक छ । IMG_2115
साथै यस पालिका क्षेत्रभित्र रहेक भूमिहीन सुकुमबासीको समस्या जटिल छ । भूकम्पमा भत्किएका घर बनाउनेसम्म सहयोग लिन नपाइरहेको अवस्था छ । भूमिहीन परिवारको जग्गासम्बन्धि समस्याका साथै जीविकोपार्जनको सवाल पनि जटिल बन्दै गएको छ । यस्ता समस्या समाधान हुन आवश्यक छ ।

गाउँपालिकामा निर्वाचित हुनु भएको सबै जनप्रतिनिधिहरूले बिर्तालगायत भूमिसम्बन्धि समाधान गर्ने प्रतिवद्दता जनाउनुभएको थियो । त्यतीमात्र होइन चुनावी घोषणापत्रमा पनि उक्त विषयहरू प्रमुखताको साथमा उल्लेख गरिएको थियो ।

जबसम्म किसानका समस्या समाधान हुँदैन तबसम्म तपाईंहरूले भन्नुभए जस्तो समृद्ध पालिकाको सपना पनि पुरा हुन सक्दैन । त्यसैले यस पालिका क्षेत्रमा रहेका भूमिसम्बन्धि समस्या समाधानको गर्न माग गर्दछौं माग पत्रमा उल्लेख छ। कार्यक्रममा जनप्रतिनिधी ,पत्रकार / स्थानीय समाजसेवीहरु सहभागी थिए । IMG_20180926_115224

तस्वीर : बिर्ता र सुकुमबासी समस्या समधानका लागि मागपत्र पेस तथा जुलुसमा सहभागीहरुको

Comments

comments