बिस्थापित महिलालाई सीप मुलक तालिम सुरु

syama talim

विनाशकारी भूकम्पका कारण बिस्थापित हाकु गाविसका महिलाहरुलाई आय आर्जन कार्यक्रममार्फत जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले धुन्चेमा २१ दिने श्यामा बुनाई तालिम धुन्चेमा बिहिबारदेखि सुरु भएको छ ।

महिला बालबालिका बिकास कार्यायल र घरेलु तथा साना उद्योग विकास समिति रसुवाको आयोजनामा सुरु भएको तालिम उद्घाटनमा प्रमुख अतिथी सांसद छोवाङ तेन्जिन तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रम उद्घाटन गर्दै तामाङले आर्थिक समृद्धिका लागी सीप विकास महत्वपुर्ण विषय भएको बताउनुभयो ।

कार्यक्रममा बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल, महिला विकास अधिकृत अन्जु ढुङ्गानाले आफ्नो धारणा ब्यक्त गर्नुभयो । जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी उर्मिला काफ्लेको अध्यक्षतामा तालिम उद्घाटन भएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख खगेन्द्र नेपालले तालिमका लागी स्वास नेपालको सहयोग रहेको बताउनुभयो । तालिममा २० जना सहभागी रहेक छन् । तालिमबाट भूकम्प पीडितहरुलाई सीप विकास गरी महिला उद्यमी तयार गरी जिविकोपार्जनमा सहयोग पुग्ने विश्वास लिईएको बताइएको छ ।

कार्यक्रममा २७ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रबिधि प्रदर्शनी र उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रममा उनी गलैचा तथा राडीपाखी समूहबाट बिशेष पुरस्कार प्राप्त गर्ने चिलिमे स्यामा पाङ्गाप उद्योग प्रोपाईटर नोर्साङग्याल्मो घलेनी र खाद्य तथा पेय पदार्थ बस्तु समूहमा द्धितीय पुरस्कार प्राप्त गर्ने हिमालयन फलफुल प्रशोधन उद्योग धुन्चेका प्रोपाईटर बाबुराम नेवारलाई खादा लगाएर सम्मान गरिएको थियो ।

Comments

comments