बिहे गरेको ८ वर्षपछि बल्ल थाहा भयो श्रीमतीको लाजमर्दो यस्तो वास्तविकता

wife ko

एजेन्सी। भनिन्छ कुनै पनि सम्बन्धमा विश्वास सबैभन्दा ठूलो कुरा हो । तर, कहिलेकाहीँ यही विश्वास टुट्यो भने जिन्दगी नै बर्बाद हुन्छ । यस्तै भयो रुसको बश्कोर्तोस्तानका इगोर एलेक्सिभलाई । उनी ८ वर्षअघि बिहे गरेकी श्रीमतीसँगै थिए तर उनलाई श्रीमतीको एउटा लाजमर्दो वास्तविकताको बारेमा थाहै थिएन ।

एक वेबसाइटका अनुसार इगोर र मारियाको बिहे ८ वर्षअघि भएको थियो । दुवैको एक सन्तान पनि छ । तर इगोरलाई आफ्नी श्रीमतीको एउटा गोप्य रहस्यको बारेमा कहिल्यै थाहै भएन । एक दिन उनी साँझपख टिभी हेरिरहेका थिए । त्यही समयमा प्रहरीले एउटा वेश्यालयमा छापा मारेको समाचार आयो । समाचार हेर्दै जाँदा इगोरले देखे उनकी श्रीमती मारियालाई पनि प्रहरीले उक्त वेश्यालयबाट बाहिर निकालिरहेको थियो ।

यो दृश्य देखेर उनी निकै आश्चर्यचकित भए । उनले तत्कालै गुगलमा मारियाको नामबाट सर्च गरे । आएका परिणामले उनलाई निकै चकित बनाइदियो । सर्चमा भेटियो – मारियाले एउटा प्रोफाइल बनाएर राखेकी थिइन् जहाँ उनले यौन सम्बन्धी कैयौं जानकारी पोष्ट गरेकी थिइन् ।

यसबाहेक उनले २५ हजार आफ्नो रेट पनि राखेकी थिइन् । यो घटनापछि उनीहरुले सम्बन्धविच्छेद गरेका छन् । ६ वर्षकी छोरी कसले जिम्मा लिने भन्ने विषयमा फैसलाको लागि उनीहरु अदालत पुगेका छन् ।

Comments

comments