बीस सहकारी र कृषक समूहलाई अनुदान बितरण

Aalu

रसुवा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई आलुजोन संञ्चालक समिति अन्तरगर्त रसुवामा सुचिकृत किसानलाइ आलु खेतीमा  प्रोत्साहन गर्न अनुदान रकम वितरण भयाे ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई आलुजोन संञ्चालक समिति अन्तरगर्त रसुवामा सुचिकृत भई आएको सहकारी कृषक समुहलाई आलु खेती गर्न थप प्रोत्साहन होस भन्ने उद्देश्यले प्रति हेक्टर ७ हजारको दरले १५५ हेक्टरको रकम वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ईकाइ आलुजोनका संम्योजक फुर्पुसिङ्गी तामाङले बताउनुभयाे ।

अनुदान वितरण जम्मा २० वटा सहकारी कृषक समुहलाई वितरण गर्ने निर्णय गरेकोमा कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकामा वितरण भईसकेको र अन्य गाउँपालिकामा निरन्तर अनुदान वितरण गर्ने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई आलुजोन संञ्चालक समितिका सचिव दावाफुर्पा तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा आलुजोन समितिका संम्योजक फुर्पुसिङ्गी तामाङ, आलुजोन प्रमुख दिपक अधिकारी, संञ्चालक समितिका सचिव दावा फुर्पा तामाङ र कृषकहरूको उपस्थिति रहेको थियो । सचिव दावाफुर्पा तामाङले सहजिकरण गरेको कार्यक्रममा आलुजोन प्रमुख दिपक अधिकारीले कृषक समुहलाई चेक हस्तान्तरण गर्नुभयाे ।

Comments

comments