बेत्रावती राममन्दिर पुनर्निर्माण गरिने

Uttargaya  Rammandir

उत्तरगया क्षेत्र विकास समितिको संरक्षणमा सञ्चालित हुँदै आएको पौराणिक राममन्दिरको पुरातत्व बिभागको स्वीकृती र मापदण्ड अनुसार पुनर्निर्माण हुन लागेको हो ।

स्थानीय समाजसेबी पूर्णचन्द्र पौडेलको आर्थिक सहयोग अनुदान र नपुग रकम उत्तरगया क्षेत्र विकासको कोषबाट खर्च गरिने सहमतिमा निर्माण गर्न लागिएको समितिका अध्यक्ष शिबशंकर डंगोलले बताएका छन् । निर्माणको रेखदेख जिम्मा अध्यक्ष ब्यस्त रहेकोले स्थानीय सोमलाल लवटले लिएका छन् । जीर्ण भएको मन्दिर भत्काउनु अघि क्षमा पुजा गरिएको थियो ।

Comments

comments