बेलुकी ५ बजेलगत्तै मतगणना सुरु हुने

RasuwaRasuwa

रसुवा मंसिर २१, पहिलो चरणमा मतदान भएको रसुवा,नुवाकोट र धादिङलगाएतका जिल्लामा बेलुकी ५ बजेलगत्तै मंसिर १० गते भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना हुने भएको छ ।

दोस्रो चरणको मतदान सकिएपछि पहिलो चरणमा मतदान भएका नुवाकोट रसुवालगाएतका ३२ वटै जिल्लामा एकैसाथ मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा मतदान भएका ३२ वटै जिल्लामा मतपेटिका संकलन भैसकेको र मतगणनाको लागि आवश्यक सबै तयारी पूरा भैसक्ने हुनाले मतगणनामा ढिलाई नहुने आयोगका प्रवक्ता नवराज ढकालले स्पष्ट पार्नुभयो ।

‘दोस्रो चरणका केही ठाउँमा बेलुकी ५ बजे मतदान सकिएन भनेपनि पहिलो चरणको चुनाव भएका जिल्लामा ५ बजेलगत्तै मतगणना सुरु गर्न पाइन्छ’ प्रवक्ता ढकालले बताउनुभयो । स्थानीय तह चुनावको तुलनामा यसपटक मतपत्र छोटो र सरल भएको मतगणना छिटो हुने तथा नतिजा पनि छिटै सकिने आयोगको विश्वास छ ।

रसुवामा पनि अाज मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  ।

Comments

comments