ब्ल्याक भिलेजको पहिचान मेटिदै

Gatlang Village

भौगौलिक रुपमा विकट रहेको रसुवामा गाँउ र समुदायपिच्छे आ–आफ्नो भाषा सांस्कृति छ । तर भूकम्पपछि भने स्थानीयहरुले आफ्नो संस्कृतिको जर्गेना गर्न सकिरहेका छैनन् । यसअघि ब्ल्याक भिलेजको नामले परिचित पार्वतीकुण्ड गाँउपालिकाको गत्लाङ गाँउको स्वरुप भूकम्पपछि भने फेरिएको छ । परम्परागत रुपमा घरहरु ढुङ्गाको गारोले मात्र बनाइने र छाना पनि काठको मात्र हुने भएकाले यसलाई ब्ल्याक भिलेजको उपनाम दिइएको हो। पाँच सय घरधुरी रहेको यो गाउँको मुहार अहिले कायापलट बनेको छ । नागरिकमा समाचार छ । 

स्थानीय फुपु सिन्की तामाङ भन्छन्, ‘हाम्रो पहिचानलाई पनि नगुमाउने र भूकम्प प्रतिसोधी पनि कसरी बनाउन सकिन्छ त्यो खालको आवजहरु पनि उठाउदै आएको हो, तर राज्यको नीतिनियमले बाँधेर हाम्रो त्यो कुराहरु सुनुवाई भएन्, भुगोल र त्यहाँको पहिचानको अवस्था हेरेर राज्यले सहयोग गरिदिएको भए यो भन्दा प्रभावकारी हुने थियो ।’
पर्यटकीयस्थल गत्लाङको पहिचान जोगाउन सरकारले नसकेको रसुवाका  जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वधार कार्यलय प्रमुख कृष्णकान्त उपाध्यायले स्वीकारे । उपाध्यायले भने, ‘तामाङ सम्पदा त्यहाँको जनताको इच्छा अनुसार हामीले घर निर्माण गर्न सकेनौँ । सरकारको मोडलअनुसार गर्न गर्नुप¥यो त्यसैले ब्ल्याक भिलेजको रुप बदलिएको छ । गत्लाङको पहिचान तामाङ जातिको जीवनशैलीसँग जोडिएको छ।’ ढुङ्गाले गारो लगाएका, काठको छाना भएका तीनतले घरहरु अहिले गत्लाङमा फाट्टफुट्ट मात्रै छन् ।

Comments

comments