भारतबाट आउने नागरिकहरुलाई अनिर्वाय क्वारेन्टाईनमा राखिने

90798890_559971271285000_1783537542495207424_n

रसुवा, जिल्ला कोभिड केन्द्र संकट व्यवस्थापन केन्द्रको आज प्रमुख जिल्ला अधिकारी हरि पन्तको अध्यक्षतामा धुन्चेमा भएकाे बैठकले भारत तथा तेस्राे मुलुकबाट  आउने नागरिकहरूलाई अनिर्वाय क्वारेन्टाईनमा राख्ने त्यसका लागि सम्बन्धित स्थानीय तहले क्वारेन्टाईन व्यवस्थापन गर्ने निर्णय भएकाे छ ।

काेराेना भाइरस (कोभिड -१९) ले विश्व नै आक्रान्त भएको समयमा नेपालको बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लामा भने हालसम्म भएको अवस्थामा हालसम्म सक्रमित भेटिएका छैनन् ।  हालसम्म ४ सय ७२  जनाको ¥यापिड डाइग्रष्टिक टेष्टमा भएकाे छ ।  नाैकुण्ड गाउँपालिकाकाे सर्स्युका ३ जनाकाे  पिसिआरका लागि स्वाब परीक्षणका लागि काठमाडौँ स्थित टेकु प्रयोगशालमा पठाइएकोमा ३ जनाको प्रतिवेदन पनि आज आयो उनीहरुको रिर्पोट नेगेटिभ आएको छ । यस अघि धुन्चे र चिलिमेमा ५ जनाकाे पिसिआरका लागि स्वाब परीक्षणका पठाएकाेमा रिर्पोट नेगेटिभ आएको छ । भारतलगायत तेस्राे मुलुकबाट आउने नागरिककाे निगरानी गरेर सम्बिन्धत स्थानीय तहमा क्वारेन्टाइन व्यवस्थापन गर्ने निर्णय भएकाे प्रमुख जिल्ला अधिकारी हरि पन्तले बताउँनुभयाे ।

Comments

comments