भालुको आक्रमणबाट दुई प्रहरी घाइते

Bhalu ko

रसुवा- रसुवामा भालुको आक्रमणबाट दुई प्रहरी घाइते भएका छन्। आक्रमणबाट जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा रहेको सशस्त्र प्रहरी बल २१ नम्बर गुल्ममा कार्यरत दुई जना प्रहरी घाइते भएका हुन्।

खानेपानी पाइप मर्मतका लागि जंगल गएका जिल्लाको नौकुण्ड गाउँपालिका–४ का ३१ वर्षीय सहायक हवलदार बिरबहादुर थिङ र नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका–१ का २५ वर्षीय प्रहरी जवान किरण तामाङलाई भालुले आक्रमण गरेको थियो।

आक्रमणबाट बिरबहादुर थिङ गम्भीर घाइते भएका छन्। उनको टाउको गम्भीर चोट लागेको छ। घाइतेको रसुवागढी जलविद्युत आयोजनामा रहेको स्वास्थ्य क्याम्पमा प्राथमिक उपचार गरि थप उपचारका लागि घाइते दुवैजनालाइ बलम्बु स्थित सशस्त्र प्रहरी बलकाे अस्पतालमा उपचारका लागि पठाइएकाे छ । पछिल्लाे समय जंगली जनावर भालु र बँदेलकाे अातंक बढ्दै गएकाे छ ।Bhalu ko

Comments

comments