विस्थापित परिवारलाइ एसिया नेपालद्धारा राहत सामग्री बितरण

122159853_3854533604575320_1459959644430916063_o

रसुवा, ०७२ सालकाे विनाशकारी भूकम्प पछिको विस्थापित भएकाे परिवारलाइ राहत बितरण भयाे । एसिया नेपाल र सामुदायिक आत्मनिर्भर केन्द्रले कोरोना माहामारीका कारण समस्यामा परेका ६ सय परिवारलाइ राहत सामग्री  बितरण भयाे ।

 122242634_3854535127908501_7675380811134379888_o

उत्तरगया गाउँपालिका वडा नं. १ बाट विस्थापित भएर लामो समयदेखिको क्याम्पका छाप्रामा अस्थायी बसोबास गरिरहेकाे समयमा झण्डै १ वर्षदेखिको कोरोना महामारीले निम्त्याएको संकट, यसकारण समस्यामा परेका विस्थापित परिवारको लागि दशैं पर्वलाई मध्येनजर गरी खाद्यान्न  राहत सामग्री बितरण भएकाे हाे । 122328646_3854535817908432_6193054049373804883_o

उत्तरगया गाउँपालिका वडा नं. १ का सम्पूर्ण विस्थापित परिवार राहत पाएपछि खुसी भएका छन् ।  उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङ, उत्तरगया गाउँपालिका वडा १ का वडा अध्यक्ष बमबहादुर तामाङ, एसिया नेपालका नवराज आचार्य, सामूदायिक आत्मनिर्भर केन्द्रका विस्वास नेपाली, सुष्मा न्याैपानेलगायत टिमले मैलुङ, खाल्टेबाट गरी कुल ६ सय असी परिवारका २ हजार ८ सय ९१ ब्यक्तिललाइ राहत बितरण गरेकाे एसिया नेपालले जनाएकाे छ ।

एसिया नेपालका नवराज आचार्यले भन्नुभयाे  कोरोना कहरका कारण अहिले ज्याला मजदुरी गर्न सक्ने स्थिति छैन । ज्याला मजदुरी वाहेक उहाँहरुको आर्थिक स्रोत पनि छैन । चार्डपर्ब आइसकेको छ । उहाँहरुको समस्या उस्तै छ । यसैले चाडवर्दव मनाउन सहज होस । केही समय चुल्हो बलोस भन्ने हाम्रो चाहना हो । थोरै भएपनि समस्यामा सहजीकरण गर्न पाउँदा खुशी लागेको छ । उहाँहरु पनि खुशी हुनु भएको छ ।

राहत प्रति परिवार सदस्य (जनसङ्ख्याको आधारमा) ५ केजी चामल, २.५ केजी आँटा, २.५ केजी मैदा, २ केजी दाल, १ केजी चना, १ केजी राजमा, १.५ लिटर तेल र १ केजी चिनीको लागि प्याकेज बनाई छ सय ८० परिवारलाई वितरण गरिएको थियो । नजिकिँदो दशैं पर्वको लागि राहत मिलोस् भन्ने उद्देश्यले दशैं अघि यस्तो सामग्री वितरण गरिएको हो । विस्थापित परिवारको लामो समयदेखिको स्थानान्तरण भई बस्नु परेको र अहिले काेराेना महामारीका कारण आर्थिक समस्यामा परेको र मजदूरी समेत गर्न नपाई समस्यामा परेका घरधुरीलाई मध्येनजर गरी राहत वितरण गरिएको सामूदायिक आत्मनिर्भर केन्द्रका विस्वास नेपालीले जानकारी दिनभयाे । 122143195_3854535217908492_717989923880652305_o

Comments

comments