भूकम्पप्रतिरोधी नमुना घर हस्तान्तरण

स्याफ्रुबेसी । आपत्कालीन अवस्थाको मध्यनजर गर्दै एसीएफ इन्टरनेसनलले आमा समूहका लागि दुईतले पक्की भूकम्पप्रतिरोधी घर बनाई पुस ८ गते एक कार्यक्रमबीच हस्तान्तरण गरेको छ ।
ल्याकोस रसुवाअन्तर्गत रहेर काम गरिएको एसीएफ इन्टरनेसनलले गाउँ समाजमा भैपरी आउने काम र भावी पुस्ताले पाठ सिक्ने किसिमले दुई महिनाको अवधिमा ११ लाखको लागतमा निर्माण सम्पन्न गरिएको रसुवा नुवाकोटका फिल्ड संयोजक रवि भण्डारीले बताए ।
यो भवन नमुनायोग्य र भावी पुस्ताका लागि शिक्षाको रूपमा लिई यसलाई संरक्षण गर्दै जानुपर्नेमा स्थानीय राजनीतिक दल, स्थानीय आमा समूह, नागरिक समाज र स्थानीयवासीले बताउँदै भवन निर्माण गरिदिने संस्थालाई धन्यवाद व्यक्त गरेका छन् ।

Comments

comments