भूकम्पले खाइदियो उज्यालो

हिमनाथ देवकोटा
भूकम्प गएको जति भयो, त्यत्ति नै भयो रसुवाको दोक्लाङ गाउ“मा अन्धकार छाएको। भूकम्पले ११ किलोवाट क्षमताको मच्चेत खोला लघु जलविद्युत् आयोजना क्षतविक्षत बनाएपछि गाउ“ अन्धकारमा परिणत भएको हो।

दोक्लाङका कर्मा तामाङ भन्छन्– ‘बत्ती नहु“दा खानास“गै जुका खानुपर्ने अवस्था रहेको छ।’ जलविद्युत् आयोजना पुनः सञ्चालन गर्न नसक्दा उज्यालोमा बस्न नपाएको मात्र होइन, सञ्चार सम्पर्कबाट पनि विच्छेद भएका छन् स्थानीय गाउ“ले। बिजुली हु“दा हेर्दै आएको टेलिभिजन थन्किएका छन ्। मोबाइल चार्ज गर्न नपाउ“दा देशविदेशका आफन्तस“गको सम्पर्क पनि टुटेको छ। यस्तो अवस्था दोक्लाङको मात्र होइन, यार्सामा अर्को लघु जलविद्युत् आयोजना पनि बन्न सकेको छैन। जलविद्युत् पुनः सञ्चालनमा नआउ “दा दुईवटा वडाका १ सय १२ घरधुरी अन्धकारमा रात गुजारिरहेको सो स्थानका दमाइ मोक्तान बताउ“छन्।

यार्साका बासिन्दाले त विभिन्न संघसंस्थाले बा“डेको
सोलारको धिपधिपे प्रकाश भए पनि बाल्न पाएका छन्। तर, दोक्लाङबाट झन्डै पौने घण्टामा पुगिने सिमबन्दी गाउ“मा न सोलार छ न त बिजुली नै। गाउ“मा बिजुली नह“ुदा सिटा बालेर काम चलाइरहेका छन् स्थानीय बासिन्दा। बिजुली मर्मतका लागि पहल गर्नुपर्नेमा हुन नसकेको सिमबन्दीका योछिरिङ लोप्चन बताउ“छन्। राष्ट्रिय प्रसारण लाइनबाट धेरै टाढा रहेको विकट गाउ“मा बनेका जलविद्युत् आयोजना भुकम्पले क्षतविक्षत बनाएपछि रातीको समयमा आ“खा फुटे सरहको अवस्था हुन्छ स्थानीय बासिन्दाका लागि। यसअघि घरैपिच्छे रकम उठाएर बनाएको बिजुलीका लागि फेरि पैसा उठाउन सक्ने क्षमता पनि छैन– गाउ“लेस“ग। जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन नसक्दा आयोजनाले ५
वर्षभित्र तिर्नुपर्ने ५ प्रतिशत ऋणसमेत चुक्ता गर्न नसकेको लोप्चनको भनाइ छ।

भूकम्पले रसुवामा सञ्चालित अरू जलविद्युत् आयोजना पनि बन्द छन्। हाकुको तिरूस्थित १४ किलोवाट क्षमताको दाल्दुङखोला लघु जलविद्युत् बन्द हु“दा १ सय ४० घरधुरी अन्धकारमा परिणत भएको मात्र होइन, जीविकोपार्जनमा पनि समस्या भएको छ। बिजुली बलेस“गै खुलेका कुखुरा फर्म, काठ चिरान र मिल बन्द हु“दा लाखौंको क्षति पुगेको दाल्दुङखोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष रमेश
घलेको तर्क छ। जिल्ला विकास समितिअन्तर्गत रहेको ऊर्जा तथा वातावरण शाखाका शाखा अधिकृत पर्वत डंगोलका अनुसार
आयोजना निर्माणका लागि आवश्यक पहल भइरहेको छ। आर्थिक अभावका कारण निर्माण गर्न नसकिएको आयोजना
आगामी आर्थिक वषभित्र निर्र्मा ण सम्पन्न गर्ने डंगोलले बताउनुभयो।

भूकम्पपछि रसुवामा सञ्चालित चारवटा जलविद्युत आयोजना पूर्णरूपमा बन्द छन्। जलविद्युत् आयोजना पुनर्निर्माणको काम हुन नसक्दा स्थानीय बासिन्दाको जीवन कष्टकर भएको छ। स्थानीय बासिन्दाकै पहलमा सञ्चालित ती जलविद्युत् आयोजना मर्मतका लागि सरकारले कहिले साथ दिने हो भनेर स्थानीय बासिन्दा कुरेर बसिरहेका छन् ।

Comments

comments