भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु

Eartha-quack

रसुवा माघ २३ गते । भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । नुवाकाेट जिल्लाकाे  बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिए ।

भूकम्प प्रभावितकाे घर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार भूकम्पले चर्किएको कच्ची घरमा बस्दै आएको थियो । घर भत्किँदा च्यापिएर वृद्धको ज्यान गएको बेलकोटगढी नपा–७ का वडाध्यक्ष हेमनिधि नेपालले जानकारी दिए । तामाङ बाहेक परिवारका अन्य सदस्य टहरामा बस्दै आएका कारण उनीहरूको ज्यान जोगिएको छ । समयमा भूकम्प प्रतिराेधी घर  निर्माण गर्न ढिलाइ भएपछि जिर्ण घर भत्केर क्षति भएकाे हाे ।

Comments

comments