भूकम्पले ध्वष्त रसुवाको बिद्यालय पुननिर्माणले गति लिदै

रसुवामा भूकम्पले ध्वष्त बनाएको बिद्यालय पुर्ननिमार्णको कार्यले गति लिन थालेको छ । २०७२ बैशाख १२ गते गएको बिनासकारी भूकम्पले ध्वस्त भएका विद्यालय भवन निर्माणको कार्य धमाधम भइरहेपछि निमार्णले गति लिएको हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय सङसंस्थाको सहयोगमा सदरमुकाम धुन्चेका बिद्यालय देखि बिकट मानिने यार्सा, थुमन लगायतका गाविसमा अहिले १६ वटा विद्यालय निर्माण भईरहेको जिल्ला शिक्षा कार्यालय रसुवाले जनाएको छ ।

जिल्लाको विकट तथा सदरमुकाम नजिकका गाविसकामा ल्याकोष मानेकोर सोसाईटीे नेपाल, करुणा फाउण्डेसन,नेपाल कृषिबन प्रतिष्ठान, जाईका, एसिया अनलुस लगायतका संस्थाहरुको सहयोगमा १६ विद्यालय पुनःनिर्माणको कार्य तिब्र रुपमा भईरहेको छ भने बाँकी निर्माण प्रक्रियामा रहेको सहायक जिल्ला शिक्षा अधिकारी भाष्कर गौतमले बताए ।

बिभिन्न सङसस्थाको सहयोगमा बिद्यालय निर्माणका लागि बिभागसँग ८ वटा एम ओ यु भईसकेको छ, ४ वटा बिद्यालयका लागि केन्द्रिय पुननिर्माण प्राधिकरणबाट ठेक्का सुचना भइसकेको छ, र २ कोठा देखि ८ कोठासम्म आबश्यक पर्ने ३१ वटा बिद्यालयलाई शिक्षा कार्यालयको नियमित कार्यक्रम अन्तर्गत निर्माण गरिने बताईएको छ ।

जिल्ला शिक्षा कार्यालय रसुवाका अनुसार संघ संस्थाको समन्वयमा बनाईने बिद्यालय भवनहरु भूकम्प प्रतिरोधी तथा बालमैत्री र अपाङ्गमैत्री निर्माण गरिएको बताइएको छ । सहायक जिल्ला शिक्षा अधिकारी भाष्कर गौतमले भने, शिक्षा बिभागको स्विकृत गरेको नम्स अनुसार नै अहिले धमाधम बिद्यालय निर्माण कार्य भईरहेको छ ।

जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार भूकम्प पछि रसुवामा १७ वटा आधारभूत विद्यालय, १९ वटा माध्यामिक विद्यालय र ६१ वटा प्राथमिक बिद्यालय गरी जम्मा ९७ विद्यालय रहेका छन् । यसैगरि अहिले जिल्लाका ६२ वटा बिद्यालयका लागि ९ सय ६६ कक्षाकोठा निर्माणको लागि आवश्यक देखिएको जिल्ला शिक्षा कार्यलय रसुवाले जनाएको छ ।

Comments

comments