भूकम्प, डर र चिन्ता

phurpa Tamang 2012

फुर्पा तमाङ  

महाभूकम्पकाे कम्पनले
पहाड खसे

पहिराे लडे
धर्तीमा धाजा फाटे

मानिसहरु मारिए
घाइते भए

पशुधनकाे क्षति भयाे
घर, गुम्बा र मन्दिरहरु भत्किए

धन, जनकाे नाश भयाे
भूकम्प अायाे, गयाे र अाइरहनेछ

फेरि भूकम्प अाउँदा घरहरु भत्किएर मारिने हाे कि?
चिन्ता छ

हिँड्दा हिड्दै पहाड खसेर
पर्खाल ढलेर

मारिने हाे कि?
घाइते बनाउने हाे कि?

चिन्ता छ
हाम्रा संस्कृति झल्किने

पहिचान दिने
पर्यटक लाेभ्याउने

घर हेर्दैमा तमाङ, गुरुङ, मगर गाउँ
बाहुन, क्षेत्री, नेवार, राईगाउँ अादि जनिने

ती ढलेका कला-संस्कृति
पुनःसंरचनामा नउठ्लान भन्ने चिन्ता छ।।

Comments

comments