भूकम्प पछिको पुनर्निर्माणमा ढिलाइ , आवास ब्यवस्था नभएको बिस्थापितको गुनासो

NAR2

धुन्चे, रसुवा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय कार्यालयको आयोजनामा मंगलवार रसुवाको धुन्चेमा जीविकोपार्जन अभिमुखिकरण र गुनासो ब्यबस्थापन विषयक एक अन्तरकृया कार्यक्रममा जिल्लाका सरोकारवालाहरुले पुनर्निर्माणको काममा ढिलाई भएको गुनासो गरेका हुन् । ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह सचिब जनार्दन गुरागाँइको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सांसद छोवाङतेन्जेन तामाङ , प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे, डिएसपी फणिन्द्र प्रसाइ, बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु लगायतको उपस्थित थिए ।

सहभागिहरुले अन्तक्र्याको क्रममा भूकम्प पछिको पुर्ननिर्माणको काममा ढिलाई भएको र बिस्थापितहरुका लागि पुर्नबास नभएको प्रति चासो ब्यक्त गरेका थिए । लामो समयदेखि पुर्जा नभएका कारण धेरैले आवास निर्माण संझौता गर्न नपाएको र सर्बेका क्रममा प्राबिधिकले त्रुटि गरेको समेत गुनासो गरेका थिए ।

कार्यक्रमका सहभागिहरुले पुनर्निर्माण प्राधिकरणका उप सचिव बिजय रानाले प्रस्तुत गरेको जीविकोपार्जन अभिमुखिकरण र सहसचिव शिवराम गोलालले प्रस्तुत गरेको गुनासो ब्यवस्थापन कार्यबिधि २०७३ सम्बन्धि बिषयमा आआफ्नो धारणा राखेका थिए ।

सांसद तामाङले पुर्ननिर्माण प्राधिकरण गठन प्रकृयामा राजनीतिक हस्तक्षप भएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए । उनले कर्मचारीहरुमा पनि जवाबदेहीताको अभाब देखिएकाले कर्मचारीहरुले जवाफदेही भएर काम गर्नु पर्ने बताए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले पुनर्निर्माणका लागी आवश्यक पर्ने दक्ष कामदारको अभाबलाइ हल गर्न आवश्यक तयारी थालिनुपर्ने बताउदै कर्मचारी अन्तरसमन्वयको अभाबले पुननिर्माणमा भएको ढिलाइ अन्त्य गर्न प्रकृयामा भन्दा पनि काममा केन्द्रित हुन सुझाब दिए ।

कार्यक्रममा स्थानिय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले भुकम्प पछिको पुनर्निर्माणमा जिल्लाको समग्र अवस्थाको बारेमा जानकारी गराएका थिए ।

माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष माधव लामिछाने समिरले प्राधिकरण आग्रह र पुर्वाग्रहमा चल्ने गरेको, एनजिओ, आइएनजिओहरुले गर्ने भनेको दक्ष कामदार उत्पादन कागजमा मात्र सिमित भएको भन्दै हाकु, लाङटाङ ,राम्चे र डाँडाँगाँउ गाविसका बिस्थापितहरुको स्थानान्तरण प्रकृयामा भएको ढिलाइ प्रति चिन्ता व्यक्त गरे । उनले पासाङल्हामू राजमार्गसंग जोडिएका जग्गाधनीहरुले स्थायी आवास निर्माण गर्दा १५ मिटर छाड्नुपर्ने हुंदा आवास निर्माणमा समस्या भएको, इन्जिनियरहरुले वनाएको नक्सा भूगोल अनुरुप नभएको भन्दै समग्र कार्यसम्पादन सन्तोषजनक नभएको बताए ।NRA

नेपाली काँग्रेसका देवकी रैलाले कर्मचारीहरुलाइ कार्यसम्पादनका लागी आवश्यक पर्ने स्रोत र साधनको अभाब हुन नदिन सबै सचेत हुनुपर्ने बताइन । त्यसैगरी नेकपा एमालेका बिष्णु देवकोटाले आवास निर्माण गर्दा आवश्यक पर्ने सामाग्री स्थानीय स्तरमा उपलब्ध हुन नसक्दा समस्या भोग्नु परेको भन्दै बिकल्प खोज्नुपर्ने बताए । नयाँ शक्ति नेपालका तेम्ब्रेल तामाङले बिबादित, गुठी र बिर्ता जग्गाको समस्यालाइ तत्काल समाधान गर्न माग गरे ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण रसुवाका कृष्णकान्त उपाध्याय, अधिकरकर्मी हेमनाथ खतिवडा बिस्थापित क्याम्पका छेकु लामा, बुटि तामाङ, भूमिअधिकार मञ्चका भवानी न्यौपाने, आत्म निर्भर केन्द्रका विश्वास नेपाली, लगायत जिल्लामा कृयाशिल बिभिन्न ग़ैरसरकारी संघसस्था, भूमि अधिकार मञ्च, गाविसका सचिवहरु, इन्जिनियरहरुलगायत कार्यालय प्रमुखहरु अन्तक्रियामा माग लिएका थिए ।

Comments

comments