भूकम्प पछिको पुर्नर्निमाण, ७४ प्रतिशतले तेस्रो किस्ता पाए

idp camp khalte

रसुवा । असोज २६ गते । रसुवाका ७४ प्रतिशत भूकम्प प्रभावितले तेस्रो किस्ता रकम बुझेका छन् । भूकम्प गएको ३९ महिनामा आवास निर्माणका लागि ७४.१५ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बुझेका छन् ।
जिल्लामा १२ हजार ४ सय ९० लाभग्राही परिवार छन् । जसमा ११ हजार ३ सय ६८ ले पहिलो, १० हजार १ सय ६० ले दोस्रो र ८ हजार ४ सय ३ ले तेस्रो किस्ता बुझेका छन् । जिल्लामा पछिल्लो समय पुनर्निर्माणले गति लिएको जिल्ला आयोजना कार्यान्वयन इकाईले रसुवाले जनाएको छ । घर निर्माणले गति लिएसँगै भूकम्पप्रभावित निर्माण सामग्री जुटाउन व्यस्त देखिन्छन् ।

सडक सञ्जालले नजोडिएको र सामग्री लिनका लागि टाढासम्म जानुपर्दा पीडितले सास्ती खेपिरहेका छन् । स्थानीय तहले बस्तीहरूमा सडक विस्तार गरेका कारण ढुवानी गर्न केही सहज भएको छ । वर्षाको कारण क्षति पुगेका सडक अहिले मर्मत गर्ने तयारी थालिएको छ ।

बिस्थापितले सरकारी अनुदान पाएनन्

idp camp khalte
रसुवा , असोज २६ गते । भूकम्प प्रभावित बिस्थापितहरुले ४० महिना बित्दापनि सरकारी अनुदान लिएर बस्ती स्थानान्तरण गर्न सकेका छैनन् ।

बिस्थापित क्याम्पमा रहेका धेरै परिवारले अझै सरकारी अनुदान पाएका छैनन् जसले गर्दा बस्ती स्थानान्तरणमा समस्या रहेको छ । कालिकागाउँ पालिका वडा नं ३ धारापानी जनिकै कदमघारी टोलका भूकम्प पीडित राममाया तामाङले ७ महिना अघि घडरी खरिद गर्नुभयो । विनाशकारी भूकम्प पछि पहिरोले उनको घर जोखिममा परेपछि धारापानीमा दुईलाख रुपैयाँमा ८ आना जग्गा खरिद गरेकी हुन् ।

सात महिनासम्म उहाँको परिवार अरुको जग्गामा टहरा हालेर बसेपनि जग्गा छाड्न भनेपछि जग्गा खरिद गर्नुभएको हो । जग्गा खरिद गरेर लालपूर्जा पाएपछि राममाया खुशी हुुनभयो तर आफू खुशी जग्गा किनेका परिवारलाई अनुदान नदिने भनेपछि उहाँ अहिले पीडामा पर्नुभएको हो ।

‘भूकम्पले गाउँमा पहिरो गयो उनले भनिन्, बस्ने ठाउँ नभएपछि हामीले नजिकै जग्गा किनेर पूर्जा बनायौँ ।’ त्यसको केही समयपछि अनुदानका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा निवेदन दिनुभयो । सुरक्षित स्थानमा जग्गा रहेको भन्दै प्राधिकरणले अनुदान दिन नमिल्ने जनएको छ । ‘सुरक्षित स्थानमा जग्गा भएको मान्छेले सिफारिस गरेको भन्दै हामीलाई उल्ट गाली गरेको र अनुदान नदिएको बताउनुभयो । भूकम्पको कारण विस्थापित भएका त्यस गाउँका पाँच परिवारमध्ये दुई परिवारले मात्रै अनुदान पाएका छन् । भूकम्प गएको केही समय पछि जग्गा खरिद गरेका जिल्लाको गोसाइँकुण्ड गाउपालिका–१ थुमनका चिप्दु तामाङल पनि अहिलेसम्म अनुदान रकम २ लाख पाउनुभएन । पहिराले गाउँ जोखिममा परेपछि त्यसठाउँमा घर बनाउन नहुने परेको छ उहाँले भन्नुभयो ।

हामीलाई न सरकारी अनुदान दिएर अन्यत्र बस्ती स्थानान्तरण गरियो न खाल्टेमा घर बनएर बस्न दिईयो खाल्टे बगर स्थित बिस्थापित क्याम्पका प्रमुख छेकु लामाले भने राष्टिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्रकारी प्रमुख गोबिन्द पोखरेल समेत आएर खाल्टेमा बस्ती सार्ने भनेपनि ठूलो संख्यामा बिस्थापितहरुलाई अन्यौलमा राखिएको बताउनुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख कृष्णकान्त उपाध्यायले भन्नुभयो ‘जिल्लाबाट अनुदान दिन सकिँदैन, , यहाँबाट केन्द्रमा सिफारिस गर्ने कार्य मात्रै हुन्छ ।’ जिल्लाबाट हालसम्म दुई जनाको नाम सिफारिस भएको छ उहाले भन्नुभयो केही समयमा भूकम्प लगत्तै जग्गा किनेका सबै पीडितको सिफारिस केन्द्रमा पठाइने छ । भौगर्भिक अध्ययनले जिल्लाका ७० स्थानका बस्ती जोखिमयुक्त भनि देखाएको थियो । जसमा २९ वटा बस्तीलाई पुर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने देखिन्छIMG_20180508_145411 (1) । जोखिममा परेका ८ सय ४४ परिवारमध्ये अहिलेसम्म ३ सय ५७ परिवारले मात्र २ लाख रुपैयाँ अनुदान पाएर पुनर्वास प्रक्रिया पुरा गरेका छन् । अझै ४ सय ८७ जना विस्थापित भूकम्प पीडितको पुनर्वास हुन सकेको छैन् । दिगोसमाधान कार्यक्रम अन्तर्गत पिन र आत्मनिर्भर केन्द्रसँगको सहजिकरणमा बस्ती स्थानान्तरणका लागि जग्गा खोजी कार्य भईरहेको उपाध्यायले बताउनुभयो ।

तस्वीर : ल्टेमा यस्ताे घर समेत बनाएर एक लाभग्राही बसेका छन् ।

Comments

comments