विस्थापित परिवारलाई लालपुर्जा वितरण

Land Certificate Programme_Bogatitar Rasuwa_19-01-2018 (9)

रसुवा , माघ ५ गते । विनाशकारी भूकम्पको कारण आफ्नो थातथलो छाडेर विस्थापित भएका डाडागाउँ र हाकुका ५४ परिवारलाई आवास निर्माण गर्न घडेरीको (जग्गाधनी प्रमाण पुर्जा )लालपुर्जा बितरण भयो ।Land Certificate Programme_Bogatitar Rasuwa_19-01-2018 (10) (1)

उत्तरगया गाउँपालिका वडा नं. ५ बोगटीटारमा रहेको विस्थापित शिविरमै कार्यक्रमको आयोजना लालपुर्जा वितरण गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय, उत्तरगया गाउँपालिका, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र जिल्ला भूमिअधिकार मञ्चको संयुक्त आयोजनामा लालपुर्जा वितरण कार्यक्रम गरिएको हो । उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथिमा सांसद् मोहन आचार्य रहनुभएको थियो भने विशेष अतिथिहरूमा प्रदेश सभा सांसद् प्रेम तामाङ र जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट रहनुभएको थियो ।

आफ्नो स्वामित्वमा बस्ती योग्य नभएका र हाल जस्ताका टहरामा बस्दै आएका विस्थापित परिवारलाई सुरक्षितस्थानमा बसोबास गर्नको लागि घडेरीको लालपुर्जा वितरण गरियो । रसुवा जिल्लाको साविकको डाडाँगाउँ गाविस वडा नं. ८ र ९ का गरी ५४ परिवारलाई सुरक्षितस्थानमा जग्गाको व्यवस्थापन गरी लालपुर्जा वितरण गरिएको भूमिअधिकारकर्मी विश्वास नेपालीले बताउनुभयो ।Land Certificate Programme_Bogatitar Rasuwa19-01-2018 (8) (1) अतिथिहरूमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय प्रमुख कृष्णकान्त उपाध्याय,सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका संस्थागत विकास सल्लाहकार जगत बस्नेत, जिल्ला भूमि अधिकार मञ्चका संस्थापक अध्यक्ष एवम् कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, भूमि अधिकार मञ्चकी पूर्व अध्यक्ष एवम् जिल्ला समन्वय समितिकी सदस्य चित्रकुमारी न्यौपाने, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवाली, वडाहरू बमबहादुर तामाङ, इश्वर थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रेम पौडेललगायत सहभागी हुनुभयो ।

 २०७२ १२ वैशाखमा गएको भूकम्पको कारण आफ्नो घरबार विहीन भई आफ्नो पुरानो ठाउँमा बसोबास गर्न योग्य नभएका परिवार लामो समयदेखि विस्थापित शिविरमा बसोबास गर्दै आइरहेका छन् । आज भएको कार्यक्रममा बोगटीटार विस्थापित शिविरमा बसोबास गर्दै आएका ४८ परिवार र शान्तिबजार विस्थापित शिविरमा बसोबास गर्दै आइरहेका ६ परिवारलाई सुरक्षितस्थानमा पुनर्वास गराउनको लागि खरिद गरीएको जग्गाको लालपुर्जा वितरण गरिएको हो । कार्यक्रमको अवसरमा सहभागी प्रमुख अतिथि, सभाध्यक्ष, विशेष अतिथि र सम्पूर्ण अतिथिहरूले सहभागी विस्थापित परिवारलाई सहभागीमूलक पद्दतीबाट लालपुर्जा वितरण गरिएको पत्रकार तथा जिल्ला भूमि अधिकार मञ्चका सचिव हेमनाथ खतिवडाले बताउनुभयो ।

विस्थापित परिवारले ४ आनाको दरले जग्गा खरिद गरेका छन् । उनीहरूलाई जग्गा खरिद गर्नको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २ लाख रुपियाँ उपलब्ध गराएको थियो । ५४ परिवारले १२–१५–३–१ रोपनी क्षेत्रफलको जमिन खरिद गरेका छन् । ४८ परिवार बोगटीटारमा नै पुनर्वासमा जाने योजनमा छन् भने ६ परिवार शान्ति बजार (नुवाकोट)मा बसोबास गर्ने योजनामा छन् । उनीहरूले स्थानीय केशव आचार्य, मधुसुदन आचार्य, भीमप्रसाद आचार्य, विनोद आचार्य, केदारप्रसाद आचार्य, रामप्रसाद लामिछाने, बसन्त लामिछानेको र गुणराज न्यौपानेको जग्गा खरिद गरेका हुन् । कार्यक्रममा सहभागी हुँदै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिका सचिवालय प्रमुख कृष्णकान्त उपाध्यायले जग्गा खरिद गर्नको लागि विस्थापित परिवारलाई २ लाख रुपियाँ उपलब्ध गराइएको र जग्गा पनि खरिद भइसकेको हुँदा तीन महिनाभित्र घर बनाउन सबै परिवारलाई आग्रह गर्नुभयो । उहाँले विस्थापित परिवारको पुनर्वास र बाँकी परिवारलाई जग्गा खोजी र खरिद गर्ने प्रक्रियामा सहयोग तथा सहजीकरण गर्नको लागि पनि आग्रह गर्नुभएको थियो । भूगर्भविद्द्हरूको अध्ययन अनुसार रसुवा जिल्लामा ७ सय २९ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने प्रतिवेदन अनुसार पहिलो चरणमा ७८ परिवारलाई सुरक्षित स्थानको लालपुर्जा वितरण गरिएको पनि उपाध्यायले बताउनु भयो ।Land Certificate Programme_Bogatitar Rasuwa_19-01-2018 (8)

कार्यक्रममा सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका संस्थागत विकास सल्लाहाकार जगत बस्नेतले सबै सहभागी तथा उपस्थित अतिथिहरूलाई आफ्नो भनाई राख्दै स्वागत गर्नुभएको थियो । उहाँले पुनर्निर्माण प्राधिकरणसँग सहकार्य गरी जोखीमयुक्त क्षेत्रको घरधुरीको लागि पुनर्वासको लागि कार्यविधि तयार भएको र त्यसलाई कार्यान्वयन गर्ने कार्य फिल्ड तहमा भइरहेको र यी कार्यहरूमा सहजीकरण गरिरहेको बताउनुभयो । भूकम्प प्रभावित जिल्लाहरूमा विस्थापित परिवारको पुनर्वासको प्रक्रियामा पुनर्निर्माण प्राधिकरणलगायत स्थानीय तहसँग सहकार्य गरी अघि बढीरहेको हुँदा आगामी दिनमा पनि यस्तै सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा माननीय सांसद् मोहन आचार्यले आफूहरूले रसुवा जिल्लामा रहेका विस्थापित परिवारको सुरक्षित पुनर्वासको लागि एकीकृत पुनर्वासको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग छलफल गरिरहेको र केही दिनमा धेरै परिवारको समस्या समाधान गरिने बताउनुभयो । उहाँले समस्यामा रहेको परिवारको समाधानका लागि आफूहरूले जुनसुकै बेला पनि सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, रसुवा जिल्लाको पुनर्निर्माणको मुख्य बाधक सडक सञ्जाल भएको हुँदा सबै ठाउँमा ढुवानी सहज बनाइदिँदा पुनर्निर्माण छिटो हुने भएको हुँदा आफूहरूले केही दिनभित्रै सबै स्थानमा सडक सञ्जाल विस्तार र भएको सडकको स्तरउन्नती गर्ने बताउनुभयो । यसको लागि आफैंले डोजर व्यवस्थापन गर्न लागिएको पनि जानकारी गराउनुभयो ।Camp ma lalpurga

विशेष अतिथिका रुपमा सहभागी हुनुभएका प्रदेश सभा सासंद् प्रेम तामाङले विस्थापित परिवारले अति नै कष्ठकर जीवन धान्नु परेको र उनीहरूको पीडा आफूलाई पनि बोध भएको हुँदा एकीकृत बस्ती विकास गरी पुनर्वास गराउनको लागि प्याकेजमा कार्यक्रम सञ्चालन गरिन प्रयास भइरहेको बताउनुभयो । उहाँले ४ आना जग्गाले विस्थापित परिवारलाई पर्याप्त नहुने भएकाले यस विषयमा पनि सरकारले ध्यानदिनुपर्ने बताउनुभयो । उहाँले लामो समयदेखि विस्थापित शिविरमा बसोबास गरिरहेका परिवारको दैनिक झनझन कष्ठकर बन्दै गएको हुँदा उनीहरूको जीविका सुरक्षाको लागि पनि सरोकारवाला निकायले ध्यानदिनुपर्ने बताउनुभयो । कार्यक्रममा विशेष अतिथिका रुपमा बोल्नुहुँदै जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले जिल्लामा रहेका जोखीमयुक्त क्षेत्रका परिवार र विस्थापित परिवारलाई पुनर्वास गराउनको लागि सबैले समन्वय र सहकार्य गर्नु आवश्यक रहेको हुँदा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

upe
कार्यक्रममा सहभागी हुँदै उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, वडा नं. १ का अध्यक्ष बमबहादुर तामाङ, जिल्ला भूमि अधिकार मञ्चका संस्थापक अध्यक्ष एवम् कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले पनि आफ्नो भनाई राख्दै विस्थापित परिवारले लामो समयदेखि समस्या झेल्दै आएको हुँदा उनीहरूको पुनर्वासको लागि सरकार तथा सरोकारवाला निकायले उचित ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै, विस्थापित परिवारका अगुवा गादोर्जे तामाङ, मानबहादुर घले र रेप्पा तामाङले विस्थापित शिविरभित्रको दुःख र पीडा राख्दै जति सक्दो चाडो एकीकृत पुनर्वासको लागि सहयोग गर्न अनुरोध गरेका थिए ।

camp p
उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले आफ्नो गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी जोखीमयुक्त क्षेत्र भएको र करिव ४०० परिवारलाई पुनर्वास गराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, जिल्ला भूमि अधिकार मञ्च र सामुदायिक आत्मनिर्भर केन्द्रले पनि यो अभियानमा सहयोग गरिरहेका हुँदा अझ सहज भएको बताउनुभयो । उहाँले आफ्नो अहिलेको प्राथमिक काम नै जोखीमयुक्त क्षेत्रको प्रभावित परिवारको व्यवस्थापनको लागि भएको बताउँदै यस अभियानमा सबैका सहयोग आवश्यक भएको पनि बताउनुभयो ।

विस्थापित परिवारलाई जग्गा खरिद र दर्ता प्रक्रियाको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सहकार्य गरी सामुदायिक आत्मनिर्भर केन्द्र र जिल्ला भूमि अधिकारले सहजीकरण गरिरहेको छ । ५४ मध्ये ४७ परिवारले संयुक्त पुर्जा निर्माण गरी नयाँ खरिद गरीएको जग्गामा महिला र पुरुषको बराबरी स्वामित्य कायम गराएका अभियानमा सहयोग गरिरहेका सामुदायिक आत्मनिर्भर केन्द्रका कार्यक्रम संयोजक विश्वास नेपालीले बताउनुभयो ।Camp ma l

रसुवा जिल्ला भूमि अधिकारको हिशाबले अझै बिर्ताको समस्या रहेकोमा चिन्ता व्यक्त गर्दै लम्सालले बिर्तामुक्त जिल्ला बनाउन उत्तरगयाबाट सुरु गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।  लालपुर्जा वितरण गर्दै आयोजकले भूकम्प प्रभावित बिस्थापित घरपरिवारलाई तुरुन्त सुरक्षित आवास निर्माण गर्न आग्रह गरेका छन् ।

तस्वीर :प्रेम पौडेल

Comments

comments