भूकम्प पीडितलाई व्लाङ्केट वितरण

IMG_6395

बैशाख १२ गतेको विनाशकारी भूकम्प प्रभावित चार गाविसका घरधुरीलाई एक थान व्लाङ्केट आत्म निभैर केन्द्र र जिल्ला भूमिअधिकार मञ्चले वितरण गरेको छ ।

जिल्लाको भोर्ले गाविसमा १ हजार ४ सय ८६, लहरेपौवा गाविसमा १ हजार ५ सय २६, धैबुङ गाविसमा १ हजार ४ सय २२ र हाकु गाविसमा ६ सय ५६ गरी जम्मा ५ हजार १ सय ९९ घरधुरीलाई एक थान ब्ल्याङकेट वितरण सकिएको छ ।

IOM सहयोगमा आत्मनिर्भर सेवा केन्द्र र जिल्ला भूमि अधिकार मञ्च, रसुवामार्फत भूकम्प प्रभावित घरधुरीलाई एक/एक थान व्लाङ्केट वितरण जिल्ला भूमिअधिकार मञ्चका अध्यक्ष चित्र कुमारी न्यौपाने बताईन् । जाडो मौसममा लागेको छ । गत वैशाखमा गएको विनाशकारी भूकम्पको कारण मानिसहरू घरबार विहीन भई यतिबेला अस्थायी आवासमा बसोबास गरिरहेका छन् । उनीहरूलाई केही राहत मिलोस् भन्ने ध्येयले रसुवा जिल्लाको लहरेपौवा, भोर्ले, हाकु र धैबुङ गाविसमा व्लाङ्केट वितरण गरिएको उनले बताईन् ।

व्लाङ्केट वितरणको लागि गाविस सचिव, वडा नागरिक मञ्चका संयोजक तथा सदस्यहरू, स्थानीय संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक र विद्यार्थीलगायतले पनि बितरणमा आवश्यक सहयोग गरेका थिए ।
व्लाङ्केट काठमाडौंदेखि रसुवासम्म ढुवानी गर्नको लागि कोर्डएड (CORDAID) र हेलेन केलर (HKI) को सुआहारा कार्यक्रमले सहयोग प्राप्त भएको थियो भने स्थानीयस्तरमा ढुवानी गर्न (गाउँगाउँ लैजान) विश्व खाद्य कार्यक्रम (WFPए) ले सहयोग गरेको आत्म निर्भर केन्द्रका विश्वास नेपालीले बताए ।

Comments

comments