भूकम्प पीडितहरू चिसोको मारमा

हिमाली जिल्ला रसुवामा झरी र उच्च क्षेत्रमा हिमपात पाएपछि चिसो बढेको छ । ०७२ बैशाख १२ ,१३ र २९ गतेको भूकम्पबाट आवास गुमाएकाहरूको व्यवस्थित आबास नभएकाले भूकम्प प्रभावितहरू चिसोको मारमा परेका छन् ।

चिसो बढेकोले जिल्लाका उत्तरी क्षेत्रका बासिन्दाहरू जाडोबाट प्रभावित भएका छन् । जिल्लाको हाकु, धुन्चे, गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, स्याफ्रु, बृद्धिम, लाङटाङ, यार्सा , सरमथली, गाविसमा चिसो निकै बढेको छ । व्यवस्थित आवास र आढ्ने , ओछ्याउने कपडाहरू समेत नभएकोले समस्या भएको छ । डाडागाउँ र हाकु गाविसबाट स्थिापित भएर धुन्चे, काभ्रे, बोगटीटार, नौबिसेमा बस्दै आएका बिस्थापितहरू पनि चिसोका कारण समस्यामा परेको बोगटीटार क्याम्पका छेकु लामाले बताए ।

एक वर्षका लागी जग्गा भाडामा लिएर बसेका छौं कसैले त छाड्न भनिसके कहाँ बस्ने स्थानीय पण्डित तामाङले भने जाडो बढ्ना थाल्यो बासको समस्या भयो । जाडोमा टिनको छाप्रोमा झनै चिसो हुने भएकोले बालबालिका बृद्धबृद्धा महिलाहरू समस्यामा परेको बताउँदै खाद्यन्न सकिएकोले जीविको पार्जनका पनि समस्या भएकोले जग्गा भाडामा लिएर भने पनि कुखुरा पालन र तरकारी खेती गर्न सहयोग पाए आफुहरू मेहनत गर्न तयार भएको छेकुलामाले बताए ।

Comments

comments