परिवर्तनद्धारा भूकम्प पीडित कृषकलाई पावर ट्रिलर प्रदान

Power TillerPower Tiller

DSCN3358रसुवा । ०७२ पुस २ गते
विनाशकारी भूकम्पका कारण संङ्कटमा परेको खाद्य सुरक्षालाई मध्ये नजर गरी भूकम्प पीडित किसानहरूलाई बिभिन्न संस्थाहरूले बीउ ,पावर ट्रिलरलगायत कृषि सामाग्रीहरू प्रदान गरेका छन् ।

सरकारले कृषि मन्त्रालय तथा बिभिन्न दातृ निकायको सहयोगमा जिल्लाका बिभिन्न गाविसमा कृषहरूलाई समूहमार्फत पावर ट्रिलर ( ट्याक्टर) उपकरण तथा कृषि समाग्री प्रदान गरेको छ । किसानहरुलाई जमिन जोत्नका कम समय लाग्ने र कम खर्चिलो , निकै सजिलो हुने भएकोले अहिले ट्याक्टर प्रयोग गर्ने बिसान बढेका छन् ।

रसुवाको धुन्चे, लहरेपौवा धैबुङ्गमा बिभिन्न थरीका तरकारीका बीउ , गँहुका बिउ बितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईका अनुसार परिवर्तन पात्र नेपाल नामक सामाजिक संस्थाले धैबुङ्ग कोरएडको सहयोगमा गाविसका ९ वटै वडाका किसानलाई एक /एक थान पावर ट्रिलर ( ट्याक्टर) उपकरण तथा कृषि समाग्री प्रदान गरिएको थियो । पावर ट्रिलर (ट्याक्टर) पाएपछि परम्परागत गोरु जोत्न भन्दा कम समयमा धेरै काम हुने भएपछि स्थानीय खुशी भएको धैबुङ्ग गाविस –४ का कृषक खेमराज न्यौपोने बताए । ‘ खेत बारी जोत्मका लागी निकै उपयुक्त छ , जोत्न निकै चाँढो हुन्छ गोरुले ३ दिनमा जोत्ने जग्गा एकै दिन सकिन्छ उनले भने । ’

Power Tiller

Power Tiller

जिल्ला कृषि विकास कार्यालयले भने पचास प्रतिसत रकम अनुदानमा जिल्लामा ४ वडा पावर टिलर कृषहरुलाई प्रदान गरेको छ । जिल्ला कृषि विकास कार्यालयले आफनो नियमित कार्यक्रममार्फत ट्याक्टरको प्रयोग गर्ने किसानका लागि ५० प्रतिशत अनुदानको व्यवस्था कृषि कार्यालयले गरिदिएको छ । कार्यालयले अहिलेसम्म जिल्लाको दक्षिणी क्षेत्रमा १५ वटा ट्याक्टर किसानलाई हस्तान्तरण गरिसकेको कार्यालयले जनाएको छ । बिभिन्न संस्था तथा सरकारी क्षेत्रकाे सहयाेगमा कृषि क्षेत्रमा सहयाेग गरेर उत्पादन गरी ताजा उत्पादन बढाउने तथा गरिवी न्युनिकरणामा भूकम्प पीडित कृषकलाई सहयाेग हुनु  अावश्यक रहेकाे कृषकहरू बताउँछन ।

विनाशकारी भूकम्प पछि कृषि तथा पशु पालन क्षेत्रमा निकै असर परेको थियो । न्याफ, परिवर्तन, लुम्बन्तीलगायत संस्था समूदायमा तरकारीका बीउ, पावर ट्रिलर, बाख्रा तथा कुखुरा पालनका गरी जीवकोपाजर्नका लागी सहयोग गरेको जनाएको छ ।

Comments

comments