भूकम्प प्रभावितको अवस्था बारे सार्वजनिक सुनुवाई

IMG_20180529_150212

रसुवा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)को आयोजनामा रसुवाको बिकट नौकुण्ड गाउँपालिकको पा¥च्याङमा भूकम्प प्रभावितको अवस्था बारे सार्वजनिक सुनुवाई कार्यक्रम ०७५ जेठ १५ गते सम्पन्न भयो ।IMG_20180529_154152

कार्यक्रममा प्रमुख अतिथि नौकुण्ड गाउँ पालिका उपाध्यक्ष सिर्जना लामाले पछिल्लो समय सरकारले लगाएको समयमसिमा पछि आवास निर्माणको कामले गति लिएको बताउनुभयाे । उहाँले  ८२ प्रतिसत निजि आवास निर्माण भएको र गुनासो रहेका धेरै लाभग्राहीको नाम चाँढै प्रकाशित हुने जानकारी दिदै शिक्षा क्षेत्रको विकासका लागि १५ जना शिक्षक भर्खर नियुक्ती गरेको , दुर्गम क्षेत्र भएकोले स्वास्थ्य र शिक्षाको समस्या रहेको र क्रमस समाधान गर्दै लगेको उहाँले बताउनुभयाे । भूकम्प पछिको पूननिर्माण समस्यालाई केन्द्रमा राखेर काम गरेको बताउदै जनताकाे रह सुख दुखमा साथ दिने बताउनुभयाे । नौकुण्डगाउँ पालिका प्रमुख कार्यकारी अधिकृत हरिहर कार्कीले भूकम्प प्रभावितको आवास पुनर्निमार्णका लागि सडक संजाल जोड्न कार्यमा गाउँ पालिकाले सक्दो प्रयास गरेको बताउनुभयाे । कार्यक्रममा   स्थानीय  धनबहादुर तामाङले आवास निर्माण गर्न काठ नपाएकोले फलाम प्रयोग गर्न बाध्यता भएको गुनासाे गर्नुभयाे । धेरैले किस्ता लिन झण्झट भएको बताए ।

नौकुण्ड गाउ पालिका वडा नं ५ का रामकुमार न्यौपानेले भूकम्पको क्षति रसुवाले बिर्सन नसकेको बताउनुभयाे ।  अहिले पुननिर्माणको कार्यमा काठ अभावले फलाम प्रयोग गर्न परेको तथा नागरिकले राज्यको रकम दुरुपयोग गरेर १ कोठे घर बनाएको समेत गुनासाे गनुृभयाे । स्थानीय गोमा थापाले पनि काठ सहज रुपमा नपाएपछि अावास  पुननिर्माणमा  फलामको प्रयोग गरेको बताउनुभयाे ।  संथानीय  कमला तामाले आफुले अझै पनि गुनासो गर्न नपाएकोले के गर्ने भन्ने आन्यौलता रहेको समेत बताउनुभयाे ।

सामुदायिक बन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष लीलानाथ न्यौपानेले काठ उपलब्ध गराउन नसकेको बताउनुभयाे । तत्कालीन सरकारले उपलब्ध गराउन नसकेका कारण काठ उपलब्ध नभएको बताउदै सामुदायिक वन को बिधान तथा कार्ययोजनाम निर्माणमा ध्यान दिन नसकेका कारण पनि समस्या भएको उनले जानकारी दिनुभयाे  ।

नौकुण्ड गाउँ पालिका वडा नं ३ का वडा अध्यक्ष मेम्बर सिं तामाङले गुनासोको सिफारिस गरेपनि पुनर्निमार्ण प्राधिकरणले चासो नदिएको बताए । कार्यक्रममा नौकुण्ड ५ का वडा अध्यक्ष गोण्टे ग्याम्दानलगायतकता आफ्नो धारणा राख्नु भयो ।

तस्वीर : रसुवाबको बिकट नौकुण्ड गाउ पालिकामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउ पालिका उपाध्यक्ष सिर्जना लामा र प्रमुख प्रशासकीय अधिकृत हरिहर कार्कीलाई नेपाल मानवअधिकार वर्षपुस्तक हस्तान्तरण गर्दै ईन्सेकका रसुवा जिल्ला प्रतिनिधी तथा पत्रकार

Comments

comments