भूकम्प सम्झनामा दीप प्रज्वलन

Dip

चार वर्ष अघि गएको भूकम्पमा परेर ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार विकास कार्यालयको आयोजनामा बिहिबार सदरमुकाम धुन्चेमा दीप प्रज्वलन गरिएको हो ।

चौथो भूकम्प स्मृति दिवस–२०७६ को दिन कार्यालयले विभिन्न कार्यक्रम गरिएको गरेको थियो । २०७२ साल बैसाख १२ गते र २९ गतेका दिन बिनासकारी भूकम्पका कारण ज्यान गुमाएकाको आत्माको शान्तिको कामना र दीप प्रज्वलनको साथ श्रद्धाञ्जली कार्यक्रम गरिएको हरित युवा पर्यटन विकास समाज जिवाइटिडिएसका अध्यक्ष प्रमोदकुमार तितुङले बताए ।

कार्यक्रममा स्थानीय बासिन्दा, सरकारी कार्यालय तथा गैरसरकारी संस्थाका प्रमुख एंवम् प्रतिनिधि, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ लगायतको उपस्थिति रहेको थियो । वि.सं. ०७२ वैशाख १२ को विनाशकारी भूकम्पले ध्वस्त देशका संरचनाहरु भूकम्पको ४ वर्ष पुग्दासम्म पनि पुरानो अवस्थामा आउन सकेका छैन ।

Comments

comments