भूमिअधिकार सम्बन्धी २ दिने अभिमुखिकरण तालिम सम्पन्न

262468492_1324577967984869_3149578028595230887_n

रसुवा, नेपाल कृषिवन प्रतिष्ठानको आयोजनामा भूमिअधिकार सम्बन्धी २ दिने अभिमुखिकरण तालिम ०७८ मंसिर १४ र १४ गते कालिकास्थानमा सम्पन्न भयो ।

263279017_4975171225850341_6193679539421773385_n

एसिया अनलुसकाे सहयाेगमा भएकाे तालिम सुरुवातमा नेपाल कृषिवन प्रतिष्ठानका जिल्ला  संयोजक विष्णुप्रसाद घिमिरेले स्वागत तथा उद्देश्य बारे जानकारी दिनुभयो । नौ कुण्ड र कालिका गाउँपालिकाबाट जनप्रतिनिधी, सवाल पीडित, कर्मचारी र किसानहररू सहभागी कार्यक्रममा भूमि सम्बन्धी कानूनी प्रावधान , भूउपयोग नीति, भूमि ऐन २०२१ का आठौं संशोधनसम्म, बिर्ता ऐन तथा नियमावली, महिलाको भूमिमा स्वामित्व बारे अधिबक्ता नवदिप श्रेष्ठ र जिल्ला भूमिअधिकार मञ्च रसुवा अध्यक्ष हेमनाथ खतिवडाले सहजिकरण गरेका थिए । कार्यक्रम समापनमा कार्यक्रममा नौकुण्ड गाउँपालिका ५ का बडा अध्यक्ष घोण्टे ग्याम्दान, कालिका गाउँपालिका योजना शाखा प्रमुख लीलानाथ नेपाल, कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, नेपाल कृषिवन प्रतिष्ठानका बोर्ड सदस्य कमलनाथ आचार्यलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

263242504_4079357455499804_3881681722254055873_n

कार्यक्रमको अन्त्यमा र्याली सहित बिर्ता, भूमिहीन, सुकुमवासी जिल्लाका भूमि सम्बन्धी सवालको माग पत्र कालिका गाउँपालिकामा पेस गरेका थिए । कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानले उक्त मागपत्र बुझेर कार्यपालिका बैठकमा पेस गर्ने तथा भूमि समस्या समाधान गर्न प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । 262377736_426321542363622_3267501328141339401_n

Comments

comments