भोर्लेमा सार्वजनिक सुनुवाई सम्पन्न ,पुर्ननिर्माणका काममा ढिलाई भएको नागरिकको गुनासो

DSC02890

भोर्ले, रसुवा  जिल्ला विकास समिति रसुवाको आयोजना र मानव अधिकार तथा सामुदायिक विकास स्रोत केन्द्र रसुवाको सहजीकरणमा भोर्ले गाविसको  सर्स्युमा  बृहत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयो ।DSC02882

कार्यक्रममा जिल्लामा माननीय सांसद जनार्दन ढकाल प्रमुख अतिथि रहुनुभएको थियो भने जिल्ला विकास समिति रसुवाको स्थानीय विकास अधिकारी राजेन्ददेव पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।DSC02870

कार्यक्रममा जिल्ला सम्पूर्ण सरकारी कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि र विभिन्न गैरसरकारी संस्थाको प्रतिनिधिहरु सहभागीलगायत करिव ४०० सहभागी भएका थिए । भूकम्प पछिको पुर्ननिर्माणका काममा ढिलाई भएको नागरिकको गुनासो गरेका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रम जिल्ला विकास समिति रसुवाले सम्पादन गरेको काम तथा प्रदान गरेको सेवा बारे जनसमुदायसमक्ष प्रस्तुत गर्ने र आगामी दिनको लागि सुधार गर्नको लागि आमनागरिकसँग सुझाव लिने मुल उद्देश्यको साथ आयोजना भएको थियो ।

कार्यक्रममा गाविसहरुमा सचिव नबसेकोले जनताहरुले धेरै दुःख पाइरहनु परेको व्यापक गुनासो उठेको थियो भने जिल्ला विकास समिति तथा गाविसहरुले हरेक वर्षको वर्षा लागेपछि मात्र हुने गरेको कारण यस्ता प्रविधि हटाई जनताको आवश्यकताअनुसार हरेक आवको सुरुवातको महिनाहरुमा नै सञ्चालन गरिनु नुपर्ने आवाज उठेको थियो ।

यस्तै, भूकम्प गएको १३ महिना वितिसक्दा पनि जनताहरुको घर बनाउनको लागि सरकारी सहयोग नपाएको प्रति व्यापक जनगुनासो उठेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लाका सांसद जनार्दन ढकालले जिल्लावासीको हक हित र अधिकरका निमित्त आफु अहोरात्र लागि रहने बताउँनुभयो ।

DSC02882
निर्वाचित सांसद तथा प्रमुख अतिथि जनार्दन ढकालले विनाशकारी भूकम्प पछि रसुवामा तत्कालको उद्धार राहतमा सवैले खटेको र अबको पुर्न निर्माणमा पनि सवैले जुटेर लाग्नु पर्ने बताउँनुभयो । राष्ट्रिय पुर्न निर्माण प्राधिकरणले प्रक्रिया अघि बढाएकोले अव चाँढै आवास निर्माण हुने , छुटेको राहत , आवास निर्माण सांसदको विकास समितिले गरेको पहल कदमीले रसुवागढी नाका खोल्ने नयाँ मार्ग खुलाउने कार्य सुरुभएको भूकम्प पीडितलाई आवास निर्माण अनुदान २ लाख र सामूहिक जमानीमा ऋण ३ लाख रुपियाँ दिने सरकारको निणर्य भएको , सरकारले बजेटमार्फत आफ्नो गाउँ आफै बनाउ नेकपा एमालेले ल्याएको लोकप्रिय कार्यक्रम प्रवद्र्धन गरेको जानकारी दिनुभयो । जनताका पिरमर्का घरदैलोमा पुगेर बुझ्न र सरकारी सेवा दिन घुम्ती शिविर कार्यक्रम भएको सांसद ढकालले बताउँनुभयो ।

DSC02890

एक गाविसमा एक गाविस सचिव तत्काल पदपुर्ति गर्न पहल गरेको , भूकम्प पछिको आवास निर्माणका लागि बाँकी गाविसको पनि तत्काल लाभग्राहीहरुको नामावली सार्वजनिक हुने उहाँले बताउँनुभयो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी दिपक केसी, स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे, माओवादी केन्द्रका पसाङ थोक्रा, नेकपा एमालेका उपाध्यक्ष विष्णु देवकोटा, जिल्ला पशु स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीराम सेढाई, जिल्ला कृषि विकास कार्यालय प्रमुख रमेश हुमागाई, जिल्ला शिक्षा अधिकारी बौद्धराज निरौला, जिविस रसुवाका गणेश रेग्मी, रुवोन नेपालका गोपाल घिमिरेलगायतले आफ्नो धारणा राखेका थिए ।
भोर्ले गाविसको स¥स्यँुमा भएका कार्यक्रममा वर्षात आएपछि विकास निर्माण सुरु हुने क्रम न्युन गर्नु पर्ने , लक्षित वर्गको बजेट लक्षित वर्गमा पुग्न नसकेको , नागरिकका आवास र विद्यालय पुर्ननिर्माणमा ढिलाई भएको , भूकम्प पछि गैससको कार्यक्रम पनि पारदर्शी गर्नु पर्ने,यस्तै, रसुवामा माननीय सांसद् ढकालले आफूले जनताको आवश्यकताअनुसार र माग अनुसार नै विकास निर्माणको काममा तिव्रता दिइएको बताउनुभयो । साथै उहाँले यस्ता सार्वजनिक सुनुवाई कार्यक्रमहरु सम्पूर्ण कार्यालयहरुले पनि सम्पादन गर्दै जानु पर्ने पनि बताउनुभयो । सांसद् ढकालले अव केही हप्तामानै जनतालाई घर बनाउने रकम वितरण गरिने तयारी भइरहेको पनि जानकारी गराउनुभयो । DSC02850

यस्तै कार्यक्रममा प्रमुख दलका प्रतिनिधि, सबै सरकारी कार्यालयका प्रमुख र स्थानीय विकास अधिकारीले आआफ्नो कार्यालयसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ दिएको थिए ।

कार्यक्रम सञ्चालन तथा सहजीकरण पत्रकार तथा लेखक विश्वास नेपालीले गर्नुभएको थियो । भने कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्ने कार्य मानव अधिकारकर्मी तथा ईन्सेकका हेमनाथ खतिवडाले गर्नुभएको थियो ।

Comments

comments