मदन भण्डारी फाउण्डेसन प्रदेश तीनमा केशव पाण्डे

Madan Bhandari ff

काठमाण्डौ , मदन भण्डारी फाउण्डेसन प्रदेश तीनको संयोजकमा केशव पाण्डे चयन भएका छन । चैत ७ गते आयोजना गरिएको प्रदेश स्तरीय भेलावाट १३ जिल्लाका ५१ सदस्य रहेको टिम सार्वजनिक गरिएको हो ।

नुवाकोटबाट निर्वाचित प्रदेश सांसद पाण्डेको संयोजकत्वमा गठित टिममा काठमाडौंबाट सरिता न्यौपाने, दिपक निरौला, रामशरण ढुंगाना, मोहन नेपाली तथा बेलीमैया घलेरहेका छन् ।

काभ्रेपलान्चोकबाट कुमार तिमल्सिना, बसुन्धरा हुमागाई र पवित्रा भुर्तेल, त्यस्तै रसुवाबाट शान्ति थिंङ, नुवाकोटबाट बलराम आचार्य, शिव चित्रकार र कृष्ण प्याकुरेल रहेका छन् ।

सिन्धुलीबाट महेन्द्र श्रेष्ठ र मन्जु देवकोटा, रामेछापबाट लव श्रेष्ठ,गीता कार्की तथा रत्न गौतम रहेका छन् । त्यसै गरि भुवन सिह, उर्मिला थामी, सरोज मोहोन लामा, बालकृष्ण शिवाकोटी दोलखाबाट र सिन्धुपालचोकबाट बालकृष्ण देउजा, दिपक सुवेदी तथा महिला सदस्यका रूपमा बालकुमारी सापकोटा रहेका छन्।Madan bh

ललितपुरबाट चेतनाथ संजेल र अप्सरा चापागाँई छन् । त्यसै गरि भक्तपुरबाट उत्तरा नेपाल र रामबहादुर श्रेष्ठ छन् भने चितवनबाट बिजय सुवेदी, केशव रेग्मी, मायाँदेवी खतिवडा र शिव कुमारी गोतामे रहेका छन् । धादिङबाट मादव भण्डारी र गङ्गा श्रेष्ठ छन् । मकवानपुरबाट एकलाल श्रेष्ठ र जुनेली श्रेष्ठ रहेका छन। कार्यक्रममा जिल्ला कमिटिका अध्यक्षहरू पदेन सदस्य रहने जनाईएको छ । देश संघीय संरचनामा गएपछि पहिलो पटक मदन भण्डारीको नामबाट बनेको संस्था मदन भण्डारी फाउन्डेसनले प्रदेश ३ मा आफ्नो संगठन विस्तार गरेको हो ।Madan

Comments

comments