मधेस आन्दोलनमा समर्थन छैन : राजदूत रे

Ranjeet-Ray-Meets-Madhab-Ne

१८ कात्तिक, २०७२ । मधेस आन्दोलन उचालेको आरोप लाग्दै आएपछि भारतले मधेस आन्दोलनमा आफ्नो स्वार्थ र समर्थन नरहेको भारतीय राजदूत रणजित रायले बताएका छन् । उनले भने मधेसी मोर्चाको आन्दोलनमा भारतको कुनै पनि किसिमको समर्थन र सहयोग नरहेको दावी गरेका हुन् ।

नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर राजदूत रेले भारतले नेपालमा नाकाबन्दी नगरेको र आन्दोलनलाई समर्थन र सहयोग पनि नगरेको दाबी गरेका हुन् । रेले मधेस आन्दोलनमा भारतको नाम जोडेर भारतलाई कमजोर देखाउने र नेपालीहरुका विचमा भारत विरोधी भाव जगेर्ना गर्ने काम भएको बताउँदै मधेस आन्दोलनको सुक्ष्म अध्ययन आवश्यक भएको बताएका
थिए ।

नेता नेपाललाई भेट्न रे आज नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटमा रेले भारत नेपालसँग सम्बन्ध विगार्न नचाहेको उल्लेख गर्दै पछिल्लो समय नेपालमा भारत विरोधी गतिविधि बढेकोमा भने चिन्ता व्यक्त गरेका छन् । उनले नेपालको सीमामा देखिएको अवरोध र बिहारको चुनाव सकिएलगत्तै निर्वाध रुपमा सामान आवतजावत हुने बताए । नेता नेपालले भने भारतले नेपालमाथि नाकाबन्दी लगाएर नेपालीलाई दुःख दिन खोजेको हो भनि प्रश्न गरेका थिए ।

नेता नेपालले नेपालको समस्या समाधान गर्न आफुहरु अघि बढरिहेको र भारतले अनावश्यक चासो राख्न नहुने बताएका थिए । उनले अधिकतम सहमतिकासाथ मधेसमा देखिएको समस्या केही दिन भित्रै हल हुने बताएका छन् ।

नेता नेपालले आम जनताको कष्टकर जीवन अन्त्य गर्नकालागि भारत सरकारलाई आग्रह गर्न राजदुत रेलाई भनेका थिए । नेता नेपालले भारतकै कारण नेपालमा भारत बीरोधी आवाज सुनिन थालेकाले यसमा पनि भारतले ध्यान दिनुपर्ने बताए ।

Comments

comments