बेत्रावती । विसं २०३१ साल श्रावण २० गते साविक लहरेपौवा गाविस. वडा नं -१ बेत्रावती बजारमा बुवा हरिबहादुर तथा आमा मोहनमायाको कोखबाट कान्छी छोरीको रुपमा जन्मिनु भएकी `मिरा डङोल´ विगत सन् १९९८ देखि विदेशी भूमि बेल्जियममा श्रीमान, एक छोरा र एक छोरी सहित संघर्षरत स्थायी रुपमा बसोबास गर्दै आइरहनु भएको छ ।
आफ्नो जन्मथलोलाइ सधैं माया गरी बेत्रावतीको विकास अभियानमा अग्रसर रहनुहुने उहाले (बेत्रावतीको पुरानो झोलुंगे पुल निर्माणदेखि,राममन्दिर पाटी निर्माण ,मरणघाट जाने सिंढीबाटो मर्मत सम्भार ,सरस्वती तथा देवी स्थान जाने बाटो निर्माण तथा मन्दिर परिसर, विद्यालय , २०७० को ज्ञान महायज्ञ कार्यक्रम ,२०७२ को विनाशकारी भूकम्पको स्थितिमा बेत्रावतीबासीहरूका लागि,पैरेबेसीमा गएको पहिरोबाट पीडितहरूको लागि आफ्नो ब्यक्तिगत तर्फबाट आर्थिक रकम सहयोग पठाउनुभएको थियोे । नेपालको विभिन्न स्थानमा विद्यालय,क्लब ,संघ संस्था ,बृद्धआश्रम, बिभिन्न कार्यक्रम तथा समूदायहरुमा समाजसेबीको रुपमा आवद्ध परिचित मात्र नभई उहाँ बेल्जियममा सम्मानित ब्यक्तिको रुपमा सामाजिक सेवामा अग्रसर रहँदै आइरहनुभएको छ । 

यसैगरी २००७ सालमा स्थापित रसुवा जिल्लाको पहिलो सामुदायिक श्री नीलकण्ठ माद्यमिक विद्यालयले एक कार्यक्रमको आयोजना गरी उहाँले देश र विदेशमा गरेका सामाजिक कार्यको उच्च योगदानको कदर स्वरुप सम्मान गरेको थियो । आफु पढेको विद्यालयले यति ठूलो सम्मान गरेकोमा गहभरी आशु सहित भक्कानिएर “मिराले पुराना सहपाठीहरूलाइ सम्झना गर्नुभयाे । भूपु गुरुहरुलाइ मनैदेखि खोजिन,विद्यालय प्राङ्गणमा लामबद्द भएका साना नानीहरुलाई `गुरुहरूको सम्मान गर्न सिक्नु,सधैं ज्ञानी बन्नु,इमानदार रहनु,लगनशील भै पढाइमा मन लगाउनु,सानालाइ माया गर्नु, ठूलालाइ आदर गर्नु ´भनी आशीर्वाद दिनुभयाे । आफुले विद्यालयको लागी गर्नु पर्ने हरेक किसिमको सहयोगमा हरबखत लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
हालसालै नमुना विद्यालयकोरुपमा नेपाल सरकार ,शिक्षा मन्त्रालय तथा बिभागको कोटामा यो विद्यालय पनि परेको छ ,त्यसकोलागि बिबिध पूर्वाधारहरुको आवश्यकता परेकोले यस नीलकण्ठ माविका पूर्व विद्यार्थीहरूबाट आर्थिक रकम संकलन गरी नमुना विद्यालयको लागि चाहिने आवश्यक जग्गा खरिद गर्ने गरी अनुमानित लागत रकम १ करोड उठाउनुपर्ने र सो अनुरुप लक्ष्य लिइएकोमा पूर्व विद्यार्थीहरुबाट पूर्णआशा र विश्वास रहेको कुरा प्रअ गोविन्दप्रसाद रिमालले बताउनुभयो । यो अभियानमा पहिलो ब्यक्ति नै समाजसेबी विद्यार्थी मिरा डंङ्गाेलको हातबाट कार्यक्रमको शुभारम्भ हुन सकेकोमा विद्यालय परिवारका सम्पूर्ण टिम नै हर्षित भएको शिक्षक गणेश श्रेष्ठले बताए । सहयोगी विद्यार्थीदाताहरूको नाममा स्मारक समेत बनाइने र शिलालेखमा नामावली बिवरण राखिने अध्यक्ष ओमप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आफुले अहिलेसम्म माइतीघर बेत्रावतीको भलाईको लागि आफुले सकेको योगदान गर्दै आइरहेकोमा अबका दिनहरुमा पनि सहयोग पुर्याउने र विद्यालयको पुण्य काममा आफ्नो पूराना सहपाठीहरूले पनि सहभागिता जनाइ,हातमा हात मिलाएर सहयोग गर्नेमा आफु बिस्वस्त रहेको डङ्गाेलको भनाइ थियो । उहाँले तत्कालै नगद एक लाख प्रधानाध्यापकलाइ विद्यालयको जग्गा खरिदको लागि हस्तान्तरण गर्नुभयाे । आजको पूर्व विद्यार्थी-नीलकण्ठ मावि जग्गा खरिद अभियान कार्यक्रममा बिब्यस. अध्यक्ष ओमप्रसाद आचार्य ,उत्तरगया गापा. ५ का वडा अध्यक्ष ईश्वर थापा,स्थानीय समाजसेवी शान्ति अधिकारीलगायत अभिभावक ,शिक्षक,विद्यार्थी तथा स्थानीय बुद्दिजिबीहरु बीच मिरा डंङ्गाेल सम्मानित हुनु भएको हो ।
शशी डंगाेलकाे वालबाट।
Related Posts
- उत्तरगया धर्मिक क्षेत्रकाे विकासका लागि भारतिय अधिकार भेटघाट
- नेपालमा सामाजिक न्यायकाे मुद्दा सामुहिक रुपमा उठाउनु पर्ने माग
- ट्रिपरको ठक्करबाट मृत्यु भएको घटना छानविन गर्न माग
- नेपाल पत्रकार महासंघ रसुवाकाे पाँचाैं साधारणसभामा ३ संस्था सम्मानित
- मेलमिलाप तथा सूचनाको हक सम्बन्धी दुई दिने तालिम सम्पन्न
- नौकुण्ड गाउँपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न