मनका धनी रसुवाली

Salu Bhujel

सालु भुजेल
२०७२ सालको वैशाख १२ गते विनाशकारी भूकम्प आयो । भूकम्प सबैलाई आयो । भूकम्पले दिएको पीडा सबैमा फरक खालको रहे । कसैले परिवारका सदस्य नै गुमाए त पशु चौपाय, कतै घरहरू भवन अवशेस वस्ती नै उठिवास भयो । देशमो भौगोलीक वनावट फरक भएकोले विशेष गरी हिमाली र पहाडी क्षेत्रमा भूकम्पले दिएको घाउ अझ गहिरो रह्यो । भूकम्प बढि प्रभावित जिल्ला मध्ये रसुवा पनि एक थियो । भूकम्प गैरहेको दौरान आफुले पनि वारीको पाटामा २० सौं दिन वास वस्दा १४ महिने छोरालाई निमोनिया भएको पीडा त छँदै थियो ।

टेलिभिजनमा समाचार हेर्दा र पत्रत्रिकाहरूमा पढ्दा मानिसहरूको दुःख बिल्लीवाठ देख्दा मन भकानिन्थ्यो । मलाई पनि उनीहरूको दुःखमा साथ दिन पाए हुन्थ्यो यस परिस्थितीमा मेरो पनि सक्रिय सहभागीता हुने ईच्छा जाग्यो । भूकम्प प्रभावित जिल्लाहरूको लागि पत्रपत्रिकाहरूमार्फत कर्मचारीहरू स्वयम्सेवक परिचालन गर्न विभिन्न संघ संस्थाहरूको मागहरू प्रसस्तै आउन थाले । मैले पनि स्वयमसेवक त कतै कर्मचारी पदमा आवेदन दिए । यस बखत भूमि अभियनमा कार्यरत सामुदायिक आत्मनिर्भर सेवा कन्ेद्रले रसुवा जिल्लामा काम गर्ने अवसर जुराईदियो ।

आखिर राम्रो कामको लागि श्रीमान् र परिवारले पनि अनुमती दिनु भो । अब त साँच्चै नै मेरो रसुवा जाने निधो भयो । मनमा एक खालको तर्क वितर्क खेल्न थाले । मनले चाहे जस्तै काम गर्ने अवसर पाएकोमा खुशी पनि थिए र १४ महिने दुधे बालकलाई छोड्नु पर्ने पीडा पनि थियो । रसुवा आउने दिन जति जति नजिकिँदै थिए उति नै सानो छोरोलाई छोडेर आउनु पर्ने पीडाले झन् झन् सताउन थाल्यो । जागिरका लागि १ सेप्टेम्वर १०१५ मा म रसुवा पुगे । नयाँ ठाउँ नयाँ परिवेश डाँडैभरी भूकम्पका डोवहरू उस्तै देखिन्थे । भूकम्प प्रभावित जिल्लामा काम गर्न पाउनुको उत्साह त छँदै थियो साथै काखे वालकदेखि टाढा हुनुको पीडा पनि । मातृत्वको अधिकारवाट वञ्चित थियो मेरो सानो छोरो सुरुका दिनमा मेरो सानो वालकको सम्झनामा धेरै तड्पिएर काम गरें । रात मेरो सिरान आशुले भिज्थ्ये । कसैको बच्चा आफ्नो आमासँगै न्यानो मायाको छातीमा टाँसिएको देख्दा पनि सन्तानलाई सम्झेर मन भक्कानिन्थ्यो । संझन्थे मेैन वत्तीले अरुलाई प्रकाश छरेपनि आफु सकिन्छ । बत्तीको परिधी अन्धकार नै हुन्छ ।

यसैगरी सुरुका मेरा दिनहरू विते घरीघरी त यी सवै कुराहरू विर्सेर चरा जस्तै उडेर मेरो मुटुको टुक्रालाई भेट्न जाउ भन्ने बिचार पनि नआएको हैन । पारिजातको मैले नजन्माएको छोरोमा काल्पनिक छोरा प्रति त एउटा आमाको स्नेह कसरी मलाछ भन्ने पोखे कि छिन् भने मैले त स्वयम्सेवक जन्माएको सन्तान , फेरी हैन मैले यसरी सोच्न हुन्न जो मलाई एउटा संस्थाले विश्वास गरेर जिम्मेवारी दिएर पठाको छ त्यो मैले पुरा गर्नुछ मेरो नैतिक धर्म हो भनेर मनलाई ढाड्स दिन्थे । रसुवामा समुदायमा मैले धेरै खालको दुःखहरू नियाल्न पाए । भूकम्पका कारण कति अभिभावकले आफनो संन्तान गुमाएको भेटे कति संतानहरूले अभिभावक गुमाएको पाए ।

कयौं परिवारले भूकम्पका कारण छँदा खाँदाको घरवार विहीन भै सुकुमवासी भएर अस्थायी शिविरमा बसेको पाए । अझै खुला आकाश मुनि त्रिपालको भरमा जिवन विताउदै छन् । सुत्केरी आमा नवजात शिशुको अवस्था, बृद्धबद्धाको अवस्था उस्तै दयनिय पाए । हिउँदको कठाङग्रिदो बल्ल तल्ल के छोडेको थियो बर्खाको रुझाइ खेपिरहेका छन् । के दशै तिहार चाढवाढ उनीहरूलाई घरवार बिहीन अवस्थामा रुनु कि हाँस्नु कै परिस्थित अझै छ । भूकम्प पछि बिस्थापित ठूलो समुदायले अझै पनि आनुदान संझौता गर्न पाएको छैनन् । कयौं भूमिहीन , बिर्ता गुठी, सुकुमवासी समस्याले आवास निर्माण अनुदान पाउन पाएका छैनन् । जव मैले यस्ता खालमा सम्स्याहरू देखे मलाई आफ्नो पीडा सामान्य लाग्न थाल्यो मैले जति सक्दो आफनो ध्यान काममा नै केन्द्रित गर्न थाले । विभिन्न संघ संस्थाले दिएको सहयोगले यस परिस्थितिमा उनीहरूले केही राहत महशुस गरेका थिए । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रबाट संचालन भएको व्यवसायिक खेतीमा पनि धैरै विपन्न गरिब भूमिहीन साना किसानहरूलाई आलु, प्याज, गोलभेडा खेती, मौरी पालन बाख्रा पालनबाट आय आर्जन गरेर जीवनलाई सहज राहत मिलेको छ ।

घर वनाउने सपना अझै सपना नै छ उनीहरूको । कोही बिर्ता पीडित जस्को जग्गा आफनो नाममा छैन उनीहरूका लागि त झन् राज्यबाट सहयोग पाएर घर वनाउनु त झन सपना दुर दराजकै कुरो भो । एक वषर््ाको वसाईको क्र्रममा आफ्ना हरेक प्रकारका दुःख पाएर पनि कसैले छोरीको रुपमा कसैले बहिनीको रुपमा हरेक साईनोमा धेरै माया गर्नुभयो । स्थानीय सहकर्मी साथीहरूले पनि काम गर्न साथ दिए । आफनो दुःख पीडालाई बिर्सेर पनि धेरै माया दिएर एक वर्ष कति चाँडो वित्यो थाहानै भएन । भूमिघर निर्माण र संयुक्त पुर्जाको अभियान जिल्ला मञ्चले गरेको धेरैकामहरु छन् यस्ता सामाजिक अभियानमा सहभागिता देखाउने सोझा र सरल रसुवाली समूदायबाट मैले दुःखका क्षणमा पनि जिउने, पाठ सिक्न पाए । धेरै सहयोगी हातहरू मलाई सहयोग र माया गर्न उठे जस्को गुण सायद म कहिल्यै पनि विर्सन सक्दिन । आफु विपतको पीडामा ढुवेका समयमा पनि सहयोग गर्ने मिठो बोल्ने, दुखमा परेका अरुलाई पनि सघाउने नमुना यहाँ देख्न सकिन्छ । रसुवालीहरू भूकम्पले घरवार विहिन भएतापनि मनका धनी रहेछन् भन्ने बुझ्ने मौका पाए ।

भुजेल आत्मनिर्भर केन्द्रमा कार्यरत छिन् ।

Comments

comments