फुर्पा तमाङ
दर्की दिन्छ पानी निथ्रुक्क भिज्ने गरी
फेरि घाम लाग्छ लुगा-जीउ सुक्ने गरी
प्रकृति देवी कति सिपालु रहेछ
ममतामयी मेरी अामा झैं रहेछ।।
नसुके लुगा गरिव-गाेठालाले के लाउला?
दिनमै दुई जाेर फेर्ने तिनले कहाँ पाउला?
चिसिएर गरिवजनकाे छाति कुहिजाला
दीन दु:खीलाई दबाई दिन काे अाउला?
दर्केकाे पानी राेकिन्छ अाकाश खुल्छ
भाग्छ वादल सप्तरंगी इन्द्रेणी झुल्किन्छ
सृष्टिकाे नियम विचित्रकाे निरन्तर चलिरहन्छ
जस्तै विपत्ति अाइरहाेस् सब चुपचाप सहन्छ।।
२०७३.६.५