महामारी र अर्थतन्त्रमा प्रभाव

Kanjibhai

सुविन न्यौपाने ‘कान्जिभाइ’ 

कोरोना महामारीका कारण यतिबेला विश्व मानव समुदाय समस्यामा छ। महामारीको इतिहास हेर्दा३००० इशापूर्व दक्षिणी चीनको हेमिन मंघामाक्षेत्रमा फैलिएको महामारीले सबै बस्तीलाई नै ध्वस्त बनाएको थियो। क्रमशः विभिन्न समयमा विश्वमा फैलिएको माहामारीका कारण जनधन क्षति हुनुका साथै अर्थतन्त्रमा समेत ठूलो असर पर्दै आएको इतिहास थियो। महामारीको इतिहास हेर्ने भनेएथेन्सको प्लेग, एन्टोनाइन प्लेग,साइप्रियन प्लेग,जस्टिनियन प्लेग,कालो मृत्यु, अमेरिकन प्लेग,इबोला, प्रथम विश्व युद्ध, दोस्रो विश्व युद्ध जस्ता प्राकृतिक तथा मानव निर्मित भयले मान्छेमा त्राससँगै अर्थतन्त्रमा समेत असर पारेको थियो।

चीनको वुहान सहरबाट सुरु भएको कोभिड–१९ लेअहिले विश्वलाई नै असर गरिसकेको छ। यो एक माहामारीका रूपमा फैलिइरहेको छ। विश्वका २१५ भन्दा बढी देशलाई यस प्रत्यक्ष प्रभावित गरेको छ भने ३६ लाख भन्दा बढी मानिस सङ्क्रमित भइसके। २ लाख ५० हजार भन्दा बढी मानिसको यही महामारीका कारण मृत्युसमेत भइसक्यो।  कोभिड–१९ को प्रत्यक्ष प्रभाव नेपाललाई पनि परिसकेको छ। सङ्क्रमितको संख्या दिनानुदिनबढ्दो छ। देशभर बन्दाबन्दी छ। गत चैत ११ देखि भएको लकडाउन जारी छ। पूरै देश ठप्प छ। अति आवश्यक वस्तुबाहेक सबै बन्द गरिएको छ। उद्योग, कलकारखाना ठप्प छन्। पर्यटन छेत्र बन्द छ। जनजीवन अस्तव्यस्त छ। अर्थतन्त्र डावाँडोल छ। अब के होला भन्ने चिन्ता सबै नेपाली जनमनमा छ।

२०७२ मा भूकम्पको कारण धोरै क्षति भयो। ९ हजार मानिसको ज्यान गयो।२२ हजार घाइते भए।७ खर्ब रुपियाँको आर्थिक क्षति भएको रिपोर्ट आएको थियो। भूकम्पका कारण तल झरेको अर्थतन्त्र उभो लाग्ने क्रममा थियो फेरिअर्काे विपत्ति आइलाग्यो, कोरोना महामारी।

फेरि कोभिड–१९ का कारण विश्वसँगै नेपालको अर्थतन्त्रमा ठूलै ह्रास आउने देखिएको छ। विश्वसँगै नेपालको अर्थतन्त्रको अबको बाटो कहाँ पुग्नेहो? सबैको चासोको विषय बनेको छ।

अहिले हामी देख्न सक्छौँ, पूरै विश्वको अर्थतन्त्र नै ओरालो लागेको छ। नेपाली अर्थतन्त्र विगतदेखि वर्तमानसम्म हेर्दा विभिन्न समयमा घट–बढ भएको देखिन्छ। पृथ्वीनारायण शाहको पालामा बिर्ता,जागिर,गुठी र रकम जस्तो व्यवस्थाका कारण श्रमिकलाई फाइदा पुगेन। राजपरिवारका गुलामी गर्ने मात्र धनी भए। बाँकी सबै सधैंँ गरिबीको रेखामुनि नै रहे। जसका कारण अर्थतन्त्र उकालो लाग्न सकेन।  वि.सं. १८४८ मा चीनसँगको युद्धमा पनि नेपाललाई ठूलै क्षति भएको थियो। वि.सं. १८७१ मा नेपालले तराई,सिक्किम र महाकाली नदीको पश्चिमतिरका महत्वपूर्ण भूभाग गुमायो। खेतीयोग्य भूभाग गुमाउनुपरेका कारण जमिनमा निर्भर नेपालले अर्थतन्त्रमा ठूलै क्षति बेहोरेको थियो। जब राणाशासन सुरु भयो, कोतपर्व,भन्डारखालपर्व भयो। जङ्गबहादुरको वर्चस्व रहेका कारण पनि नेपालमा शासन पद्धतिमा खासै सुधार आएन। वि.सं. १९९० सालको भूकम्पले पनि असर पा¥यो। नेपाली अर्थतन्त्रमा राणा शासन खासै फलदायी रहेन।

विभिन्न धर्म, सम्प्रदाय र कुरीतिका कारण महिला शिक्षित हुनबाट वञ्चित भए। यस कारण पनि अर्थतन्त्रमा विस्तारै असर पर्दै गयो। राणा शासनको अन्त्यसँगै नेपाली कङ्ग्र्रेसको ठूलो त्यागमा प्रजातन्त्र आयो। जुन समय १० प्रतिशतको हाराहारीमा मात्र साक्षरता थियो। ६ हजार मात्रै विद्यालय जान्थे। डाक्टर कमै थिए। सडक विस्तार हुन सकेकै थिएन। स्वास्थ्यको पहुँच उच्च वर्गमा मात्र थियो। यो अवस्थामा खासै घट–बढ आएन। २०१२ मा राष्ट्र बैंक स्थापना भयो। नेपाली अर्थतन्त्रमा केही सुधार आउने आशा पलायो।   नेपाली रुपियाँ अन्तर्राष्ट्रिय बजारमा पनि देखिन थाल्यो। कारोबार केही हदसम्म बढ्न थाल्यो। २००७ देखि २०१५ सम्म राजा त्रिभुवनकै पेरिफेरिमा देश घुमिरह्यो। २०१३ मा पर्यटन विभाग स्थापना भयो। जसकारण पनि बिस्तारै अर्थतन्त्र माथि उकास्न सहयोग पुग्यो।

जब वि.सं. २०१७ देखि पञ्चायत सुरु भयो। देशको अर्थतन्त्रमा कुनै ठूलो परिवर्तन भएन। जुन शासन परिवर्तनका लागि जस्तै सावित भएन। २०३१ सालमा समन्वय परिषद् खुल्यो, एनजिओ, आइएनजिओ खुले। जसका कारण सिपमूलक कार्यक्रमहरू अलिअलि भए तर खासै उपलब्धि भने देखिएन।  वि.सं. २०४४ मा भारतले नाकाबन्दी लगायो। सबै पारबहन केन्द्र बन्द गरायो। जसका कारण अर्थतन्त्रमा ठूलै असर पुग्यो। २०४८ को राम्रो अर्थनीतिका कारण अलि उकालो लागेको अर्थतन्त्र २०५२देखि ६२ सम्मको माओवादी र राज्य पक्षको युद्धका कारण जीर्ण अवस्थामा पुग्यो। २०६४ मा माओवादी प्रथम पार्टी बनेसँगै योजना देखेर सबैमा आशा पलायो तर त्यो साकार हुन सकेन।  

फेरि २०६७ मा माओवादीले काठमाडौँमा पाँच दिनसम्म बन्द गरायो। यसले ठूलै क्षति हुन पुग्यो। २०७४ सम्म आइपुग्दा विभिन्न दलले गरेका बन्दका कारण पनि ठूलै असर पर्‍यो। २०७२ मा फेरि भारतले नाकाबन्दी लगायो। जसका कारण नेपाली जनताले दुःखसँगै अर्थतन्त्रमा ठूलो घाटा बेहोर्नुपर्‍यो।  धुकधुक रहेको अर्थतन्त्रमा फेरि मुलुकमा २०७४ मा तीन चरणको चुनाव भयो। मुलुकमा ७५३ स्थानीय तहको जन्म भयो। प्रदेश,महानगरपालिका,नगरपालिका,स्थानीय तहसहितको आर्थिक क्षेत्रमा भारतको चुनौती देखिएकै थियो। फेरि कोभिड–१९ का कारण विश्वसँगै नेपालको अर्थतन्त्रमा ठूलै ह्रास आउने देखिएको छ। विश्वसँगै नेपालको अर्थतन्त्रको अबको बाटो कहाँ पुग्नेहो? सबैको चासोको विषय बनेको छ। नागरिकबाट

लेखक युवा सर्जक हुन् । 

Comments

comments