महिला अगुवालाई क्षमता विकास तालिम

14384110_1373381762690529_920252443_n

कालिकास्थान, रसुवा– असोज गते । नेपाल कृषिवन प्रष्ठिान, रसुवाको आयोजनामा तीन दिने महिला अधिकार मञ्चका अगुवाहरूलाई क्षमता विकास तालिम आयोजना गरिएको छ । भदौं ३० देखि सुरु भएको तालिम असोज १ गते समापन भएको थियो । भूमिघर कालिकास्थामा आयोजना गरिएको तालिममा समुदाय तहका ६३ जना महिला अगुवाहरु सहभागी भएका थिए ।

नेपाल कृषिवन प्रतिष्ठान रसुवाले एक्सन एड नेपालको सहयोगमा समुदायको अगुवाइमा पुनर्निर्माण अभियान सञ्चालन गरिरहेको छ । यसअन्तर्गत लहरेपौवा, धैबुङ र राम्चे गाविसको गाविस तह तथा समुदाय तहमा गठन भएको महिला अधिकार मञ्च समितिका अगुवाहरूलाई महिला अधिकार मञ्चको अभियान व्यवस्थापन र योजना निर्माण गर्नेको लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले महिला अधिकारका सवालसँग जोडिएका विभिन्न विषयमा सहजीकरण गरिएको थियो ।

महिला अधिकार मञ्चको आगामी अभियानको लागि सक्रिय अगुवा तयार गर्ने, महिला अधिकार मञ्चको अवधारणा, विकासक्रमबारे बताउन सक्ने अगुवा तयार गर्ने, महिला अधिकार मञ्चका अगुवाहलाई अहिंसात्मक सामाजिक आन्दोलनबारे जानकारी गराउने, महिला अधिकार अभियानको कोणबाट जिल्लास्तरीय सरोकारवाला निकायको नक्साङ्कन गर्ने । र महिला अधिकार मञ्चको आगामी योजना निर्माण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको कृषिवन प्रतिष्ठानका संयोजक कमलनाथ अचार्यले बताए ।
तालिममा अगुवाहरूबीच महिला अधिकार मञ्च, सङ्गठनको आवश्यकता, यसको उद्देश्य, महिला अधिकारका सवालहरू, भूमिमा महिला अधिकार अभियान, संयुक्त पुर्जा निर्माण अभियान, वकालत के हो ? किन वकालत गर्ने ? महिला अधिकार आन्दोलनको आवश्यकता किन छ, अभियान कसरी गर्ने, अभियानलाई दिगो बनाउनको लागि अगुवा तथा सदस्यको भूमिका के के हुने र सरोकारवालको पहिचान कसरी गर्ने भन्ने विषयमा तालिममा छलफल तथा सहजीकरण भएको थियो ।

Comments

comments