महिला स्वास्थ्य स्वयमसेविकालाइ अभिमुखिकरण तालिम

107938670_406174803687527_8489165627850838440_n

रसुवा, महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामका लागि कालिका गाउँपालिकाका कार्यरत महिला स्वास्थ्य स्वयमसेविकालाइ अभिमुखिकरण तालिम सम्पन्न भयाे ।107938670_406174803687527_8489165627850838440_n

एसिया अनलुस नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले कालिका गाउँपालिकाकाे कालिकास्थान र जिवजिवेमा भएकाे महिला स्वास्थ्य स्वयमसेविकाहरूलाइ अभिमुखिकरण तालिम प्रदान गरेकाे हाे ।  कालिकास्थानमा भएकाे  अभिमुखिकरणमा ३३ र जिवजिवेमा २० जना महिला स्वास्थ्य स्वयमसेविका सहभागी थिए । महिला स्वास्थ्य स्वयमसेविकाहरूलाइ स्वास्थ्य शाखा प्रमुख नवराज न्याैपाने, उत्सव पाैडेल, एसिया अनलुसका नवराज आचार्यले सहजिकरण गर्नुभएकाे थियाे । कालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नवराज न्याैपाने महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामका लागि महिला स्वास्थ्य स्वयमसेविकाहरुको महत्वपूर्ण भूमकिा रहने बताउनुभयो ।

108727370_304539780928881_6724374432860312523_n

गाउँगाउँमा कोरोना भाइरस (कोभिड १९) बारे सचेतना तथा संक्रमित प्रतिकाे व्यवहार , सामाजिक दुरी तथा सरसफाइ बारे पनि सहजिकरण भएकाे थियाे । जिवजिवे ग्रामीण अस्पतालमा भएकाे अभिमुखिकरणमा स्वास्थ्य शाखाका उत्सव पाैडेलले सहजिकरण गर्नुभयाे ।

 

Comments

comments