माओवादी केन्द्रमा पुन: जगतजंग

Rasuwa Cpn maoist

नेकपा नेकपा ( माओवादी केन्द्र ) रसुवा को पाँचौ जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्षमा ईन्द्र गौतम ( जगतजंग ) तथा वरिष्ठ उपाध्यक्ष माधव लामिछाने (समिर ) उपाध्यक्ष मा पासाङ तामाङ र ऊद्धव रिजाल सचिवमा फुर्पु तेन्जेन तामाङ र सह सचिव भगवती न्यौपाने र कोषाध्यक्ष निमावाङदी तामाङ सहित ७५ सदस्य रहेको जिल्ला कमिटी निर्विरोध निर्वाचित गर्दै सम्पन्न भयो ।

यस अघि पनि गौतम नै जिल्ला संयोजक थिए । प्रभाकर, समिर , फुर्पु र गौतमबीच प्रतिस्पर्धा हुने चर्चा चले पनि पुन: गौतम नै सर्वसम्मत अध्यक्ष भए ।  सम्मेलनको उद्घाटन केन्द्रीय संगठन बिभाग प्रमुख रामबहादुर थापा बादलले गर्नुभएको थियो । असोज ७ र ८ गते सदरमुकाम धुन्चेमा सम्पन्न (माओवादी केन्द्र) रसुवाको पाँचौ जिल्ला सम्मेलनको बन्द—सत्रमा प्रतिनिधि र पर्यवेक्षकहरुलाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत र साधनमा स्थानीय जनताको पहुँचलाई बढाउन माओवादी पार्टीले बिगतमा ठुला ठुलाआन्दोलनहरु गरेको स्मरण गराउदै उनले अबगाउपालिकाहरु बनाउँदा पहिचान र सामर्थ्यका आधारहरुलाई आत्मसात गर्दै त्यसैको जगमा टेकेर सम्बृद्ध रसुवा निर्माण गर्ने बताए ।

उनले चिलिमे जलबिद्यत कम्पनीको १० प्रतिसत सेयर स्थानीय जनतालाई दिलाउने कामको नेतृत्व पनि माओवादीले नै गरेको र त्यसैकाकारण अहिले राज्यले नीति गततहमै १० प्रतिसत जलबिधुतको सेयर स्थानीय जनतालाई दिने निर्णय गर्न बाध्य भएको जानकारी दिए ।

त्यस्तै, उनले रसुवामा रहेका अथाहजल भण्डार, जडिबुटी , बनसम्पदा , रसुवागढी नाका लगायतमा स्थानीय जनताको पहुँचलाई बिस्तार गरि त्यहाका जनतालाई आर्थिक रुपले शक्तिशाली बनाउनु पर्ने र त्यसका लागि सहि राजनीतिक कार्यदिशा सहितको सक्षम नेतृत्व हुनुपर्ने बताए ।

बन्द—सत्रमा इन्द्र गौतम ‘जगतजंग’ ले प्रस्तुत गरेको राजनीतक प्रतिबेदन , माधब लामिछाने ‘समिर’ र मेघनाथ घिमिरे ‘प्रभाकर’ ले प्रस्तुत गरेको खर्च विवरण र इन्द्र गौतमले प्रस्तुत गरेको आम्दानी विवरण सर्बसम्मतिले पारित गरेको थियो ।

मधेसी जनजातिलगायत संविधानप्रति असन्तुस्टहरुको जायज मागलाई सम्बोधन गरी संविधानको कार्यन्वयन गरिनु पर्ने, शहिद र बेपत्ता परिवारलाई दिने भनिएको १० लाख रुपैयाँ मध्येको बाँकी राहत तत्काल उपलब्ध गराउनु पर्ने , राज्यद्वारा बेपत्ता पारिएका रसुावाका नरेन्द्र तामांगलगायत देशै भरिका बेपत्ताहरुको अबस्था सार्बजनिक गरिनु पर्ने , पासांगल्हामु सडकको स्तर उन्नती गरिनु पर्ने लगायतका प्रस्ताबहरु पारित गरिएको अध्यक्ष गौतमले बन्द—सत्र पछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

Comments

comments