रसुवा , कोरोना भाइरस (काेभिड-१९ )को संक्रमण तिब्ररुपमा बढ्दै गइरहेको कारण बेत्रावतीमा हुने गरेकाे एतिहासिक एवं सांस्कृतिक परम्पराको माघे संक्रान्ती मेला तथा गोरु जुधाइ कार्यक्रम स्थगित भएकाे छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढ्दै गइरहेको खबर तथा जिल्ला प्रशासन कार्यालयको सूचना र अनुरोधलाई आत्मसात गर्दै ०७८ माघ १ गते रसुवा नुवाकाेट सिमाना बेत्रावतीमा व्यापक रूपमा हुने गोरु जुधाउने कार्यक्रम स्थगन गरिएकाे गोसाइँकुण्ड युवा क्लबले जनाएकाे छ । यस कार्यक्रम तयारीमा हामीलाई साथ सहयोग पुर्याउनु हुने किसान गोरु धनी,आर्थिक सहयोग जुटाइदिनुहुने विभिन्न संघ संस्था या समाजसेवी महानुभावहरु,प्रमुख अतिथि ,विशिस्ट अतिथि ,अतिथिगण, पत्रकार तथा मिडियापार्टनर सहकर्मी , प्रहरी प्रशासन, कलाकारटोली,ब्याण्ड समूहलगायत कार्यक्रमको लागि विभिन्न काममा दिलोज्यान दिई सहयोगी भूमिका निर्वाह गर्नुहुने उपसमितिका संयोजक तथा सदस्यज्युहरुमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष दिपु डङोलले जारी गरेकाे सूचनामा उल्लेख छ ।
Related Posts
- कालिका गाउँपालिकाकाे मानवअधिकार कार्ययोजना मस्यौदा माथि छलफल गरी पारित
- सामाजिक उत्तरदायित्वको संझौता कार्यन्वयन नगरेपछि पाँचदिनदेखि सालासुङी विद्युत आयोजना ठप्प
- रसुवा र नुवाकाेटमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइयाे
- विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्नाका कारण बारे सेमिनार
- नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ विमोचन
- शान्तिपूर्ण धर्नामा बसेको वन अधिकारकर्मीलाइ बलपूर्वक गिरफ्तार गरिएको घटना प्रति सर्बत्र खेद प्रकट