मानवअधिकार तालिम सम्पन्न

20210912_135805

रसुवा, सामुदायिक विकास केन्द्र नेपालको आयोजनमा कालिका गाउँपालि–२ मा मानवअधिकार सम्बन्धी २ दिने तालिम सम्पन्न भयो ।241699702_207334974792918_7322102042919080892_n

सामाजिक संस्थाहरु, पत्रकार , मानव अधिकार रक्षकहरु समेत गरी २४ जना सहभागी तालिममा कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको तालिम सुरुवातमा तालिमको उद्देश्य बारे जानकारी दिंदै मानव अधिकारको अवधारणा तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संयन्त्र , मानव अधिकारको क्षेत्रमा क्षमता अभिबृद्दि, अनुगमन तथा प्रतिबेदन लेखन, मानव अधिकारको संरक्षण र प्रर्वदनमा स्थानीय नागरिक समाजको भूमिका , मानव अधिकार स्थानीय कार्ययोजना कार्यान्वयनको महत्व माथि प्रकाश पार्दे नागरिक समाजको भूमिका बारे स्पस्टता ल्याउने र मानव अधिकारको तथ्याङ्क, डाटावेस तथा यसको महत्व माथि प्रकाश पार्ने उद्देश्यले तालिम आयोजना गरिएको सामुदायिक विकास केन्द्र नेपालका कोषाध्यक्ष रामशशण मिजारले बताउँनुभयो ।241748661_578222519991515_5557440337354242930_n

मानव अधिकारको अवधारणा, सिद्धान्त र अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्र बारे लेखक जयराम आचार्य, राष्ट्रिय मानव अधिकार कार्यान्वयन संयन्त्र र राष्ट्रिय मानव अधिकार कार्ययोजनाको स्थानीयकरण र नागरिक समाजको भुमिका बारे योगराज शर्मा, मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन १९४८ तथा अन्तर्राष्ट्रिय महासन्धि र मानवअधिकार क्षेत्रका मानव अधिकार अनुगमन, अभिलेखन तथा रिर्पोटिङ बारे इन्सेकका रसुवा जिल्ला प्रतिनिधी हेमनाथ खतिवडाले सहजिकरण गरेका थिए ।

तालिम समापनमा कार्यक्रममा प्रमुख अतिथी  कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, नेपाल पत्रकार महासंघका अध्यक्ष केशव पौडेल, गैरसरकारी संस्था महासंघका अध्यक्ष विनोद लामिछाने आफ्नाे धारण राख्नुभयो । 20210912_135817

Comments

comments