मानवअधिकार संरक्षणमा सवै लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी भण्डारी

80039008_503549820270393_4064758917245173760_n

नेपाल मानवअधिकार वर्षपुस्तक २०२० का लागि रसुवामा संकलित घटनाहरुको प्रकाशन पूर्व समिक्षा कार्यक्रम धुन्चेमा सम्पन्न भयो ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको प्रमुख अतिथ्यमा भएको समीक्षा बैठकमा सरोकारवालाहरुले मानवअधिकार उलंगन तथा ज्यादतीका घटनाका पीडितहरु सुरक्षा तथा न्यायको ढोकासम्म पुग्न नसकेकोले कतैपनि जाहेरी नपरेका तर जानकारीमा घटनाहरू पनि वर्षपुस्तकमा समेटिनुपर्ने बताए । उहाँले मानवअधिकार संरक्षणमा सवै लाग्नुपर्ने प्रमुख अतिथी भण्डारीले जोड् दिनुभयो ।
प्रमुख अतिथी भण्डारीले मानव अधिकार संरक्षणमा सवै पक्ष लाग्नुपर्ने, राज्य तथा सुरक्षा निकायले मात्र नभइ राजनीतिक दल, स्थानीय सरकारले पनि मानवअधिकारको उलङ्घन गर्ने बताउनुभयो उहाँले धम्की चन्दा असुली जस्ता घटना समेटन्पर्ने बताउँनुभयो । उहाँले प्रहरीले कुटपीट गरेको घटनाको छानविन समितिले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पेस भएको र घटनाका आरोपितलाई निलम्बन तथा विभागिय कारवाही गरिएको बताउँनुभयो । वर्षेनी देशभरका मानवअधिकार उलंघन तथा ज्यादतीका घटनाहरु समेटेर प्रकाशन हुने वर्ष पुस्तक र ईन्सेकको अभियानले मानवअधिकार संरक्षणमा ठूलो योगदान तथा सकरात्मक प्रभाव पारेको बताउनुभयो ।
जिल्ला अदालतका स्रेस्तेदार सुदन अधिकारीेले वर्तमान कानुन अनुसार घरेलु हिंसाका घटनाहरु अदालत तथा गाउँपालिकाहरूमा मेलमिलाप केन्द्रमा छलफल हुने र १ वर्षसम्म लाग्ने बताउँनुभयो । कार्यक्रममा अधिबक्ता फुर्पा तामाङले मानवअधिकारकर्मीले प्राप्त मानवअधिकार उलंगनका घटनाहरु पनि प्रकाशन गर्नु पर्ने बताउनुभयो । ईन्सेकका जिल्ला प्रतिनिधीले नेपाल मानवअधिकार वर्षपुस्तकका लागि रसुवाबाट अपहरण १, बलत्कार ३, बलत्कार प्रयास २, कुटपीट २, दुव्र्यवहार २, बहुबबिाह ४ ओटा गरी जम्मा घटना १४ घटना ईन्सेकको प्रतिवेदनमा समेटिएको जानकारी दिनुभयो ।

तस्वीर : हिमनाथ देवकाेटा

Comments

comments