मानव अधिकार कार्ययोजना सम्बन्धी मस्यौदा समिति गठन

20210912_135817

रसुवा, कालिका गाउँपालिका स्तरिय मानव अधिकार कार्ययोजना सम्बन्धी मस्यौदा समिति गठन भएकाे छ ।

स्थनीय तहको कार्ययोजना तयार गर्ने गरी सरोकारवालाहरूको सहभागितामा कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेको संयोजकत्वमा ०७८ भदौ १९ गते ११ सदस्य रहेको मस्यौदा समिति गठन भएको हो ।

PhotoRasuwa20780520समितिमा पालिकाका पाँचै वडाका वडा अध्यक्षहरू मालफुर्पा तामाङ, बिक्रम लोप्चन, पुष्पराज न्यौपाने, मंगलमान तामाङ र रामहरी देवकोटा साथै सामुदायिक विकास केन्द्र नेपालका प्रतिनिधि, मानव अधिकारकर्मीका तर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का  रसुवा जिल्ला प्रतिनिधि तथा नेपाल पत्रकार महासंघका पू्र्व अध्यक्ष हेमनाथ खतिवडा, पत्रकार गीता न्यौपाने, महिला अधिकारकर्मी मिठू तामाङ र सदस्य सचिवमा कालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद सापकोटा रहनुभएको छ । मानव अधिकार राष्ट्रिय कार्ययोजनामा भएको व्यवस्था अनुरुप पाँचौँ मानव अधिकार राष्ट्रिय कार्ययोजनाको मूलभूत पक्षहरू बारे छलफल भएको थियो ।

स्थानीयतहले मानव अधिकार कार्ययोजना निर्माणका लागि निजी क्षेत्र, नागरिक समाज तथा मिडियासँग सहकार्य गर्ने प्रावधान अनुरुप कार्ययोजना निर्माण गर्न मस्यौदा समिति गठन गरिएको संयोजक भवानीप्रसाद न्यौपानेले बताउँनुभयो । सामूदाियक विकस केन्द्र नेपालकाे सहजिकरणमा कालिका गाउँपालिकामा मानवअधिकार बारे कार्य कार्यक्रम सञ्चालन भइरहेकाे छ । स्थानीय तहले सहकार्यको वातावरण तयार गर्ने, र नागरिक संस्थाहरूलाई कसरी सहभागी गराउने भन्ने नीति तथा कार्यक्रम समेत तयार गरिने उहाँले बताउनुभयो ।

 

Comments

comments